+

खेलकुदमन्त्रीले कसलाई बनाउँदैछन् राखेप उपाध्यक्ष ?

२०८१ भदौ  ५ गते २०:१३ २०८१ भदौ ५ गते २०:१३
खेलकुदमन्त्रीले कसलाई बनाउँदैछन् राखेप उपाध्यक्ष ?

५ भदौ, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) को रिक्त उपाध्यक्षमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नियुक्तिको तयारी गरेका छन् ।

उनले मन्त्रालयबाट एक जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने तयारी गरेका छन् । तर व्यक्ति छनोटमा उनलाई सकस आइलागेको छ । चौधरीले सप्तरीका कानन चौधरी नियुक्त गर्न चाहेका छन् ।

तर उनको दल नेपाली कांग्रेसले भ्रातृ संगठन लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई नियुक्त गर्न दबाब दिएको स्रोतको भनाइ छ ।

चार वर्षको कार्यकाल पूरा गरेर १२ साउनमा शिव कोइराला पदमुक्त भएपछि राखेपमा उपाध्यक्ष पद रिक्त छ । मन्त्री चौधरीले काननलाई नै उपाध्यक्ष बनाउने मनस्थिति बनाइसकेका छन् ।

उनले अनलाइनखबरसँग प्रतिक्रिया दिने क्रममा उपाध्यक्ष नियुक्ति सिफारिस भइसकेको र केही दिनमा मन्त्रिपरिषदले निर्णय गरेपछि सार्वजनिक हुने बताए । ‘एक जनाको नाम सिफारिस भइसकेको छ । नाम अहिले खुलासा गर्न मिल्दैन’, उनले भने ।

यसअघि कानुनलाल चौधरी हुन गएकोमा क्षमा माग्दै सच्याएका छौं। स.

राखेप उपाध्यक्ष राष्ट्रिय खेलकुद परिषद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय