+
+

आईएमई लाइफ इन्स्योरेन्स डेपुटी सीईओमा खिलेन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते २०:२१

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।

आईएमई लिमिटेड र जीएमई मर्जरपछि पौडेलले आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद छाडेर आईएमई लाइफमा प्रवेश गरेका हुन् ।

आईएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र रेमिट्यान्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र  अन्तरदेशीय कारोबारमा दख्खल राख्छन् ।

आईएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय  संस्थाको उच्च व्यवस्थापन तथा  स्मार्ट च्वाइस, सनी सेक्युरिटिज, आईएमई डिजिटल  सोलुसन लगायत कम्पनीमा सञ्चालकका रूपमा समेत पौडेल आवद्ध छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गरेका पौडेलले भारतको अहमदावाद स्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापन विषयमा एक्जुकेटिभ कोर्स गरेका छन् ।

साथै पौडेले अमेरिकास्थित  हार्भड केनेडि स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि गरेका छन् ।

उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवले आईएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने र बीमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?