+
+

आफ्नो हराएको एन्ड्रोइड फोनमा रहेका एपहरू कसरी डिलिट गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते ८:५२

स्मार्टफोनको प्रयोग तीव्र गतिमा बढिरहँदा फोन चोरीका घटनाहरू पनि उसैगरी बढ्दै गइरहेका छन् ।

हामीले अवश्य पनि आफ्नो फोनको विशेष ध्यान राख्छौं । तर, कहिलेकाही ख्याल गर्दागर्दै पनि फोन हराउन सक्दछ । फोन चोरी भएमा वा हराएमा तपाईं के गर्नुहुन्छ ?

आजको डिजिटल युगमा स्मार्टफोनका प्रयोग केवल फोनकल र सन्देशहरूको आदानप्रदानमा मात्रै सीमित छैन यसलाई भुक्तानीको लागि समेत प्रयोग गरिन्छ ।

स्मार्टफोनमा बैंकिङ एपहरू तथा भुक्तानी एपहरू हुन्छन्, जसको माध्यमबाट अनलाइनबाट रकमको कारोबार गरिन्छ । त्यसैले यस्ता संवेदनशील डेटासहितका फोन चोरी हुँदा वा हराउँदा उक्त फोन हात पार्ने व्यक्तिले फोनमा भएका ती एपहरुको अनधिकृत दुरुपयोग गर्न सक्दछ । यस्तोमा यदि फोन हराइहाल्यो भने के गर्ने त ? तपाईंले चिन्ता मान्नु पर्दैन । तपाईंले अर्को कुनै डिभाइसबाटै आफ्नो हराएको एन्ड्रोइड फोनमा रहेका एपहरू डिलिट गर्न सक्नुहुन्छ। यसका लागि दुईवटा विधि छन् :

जिमेलको माध्यमबाट स्मार्टफोनका एप हटाउने तरिका

स्मार्टफोन चोरी भएमा भुक्तानी एप वा अन्य कुनै पनि एपलाई रिमोट तरिकाले डिभाइसबाट हटाउन सकिन्छ । यसको लागि पहिलो तरिका भनेको जीमेल मार्फत डिलिट गर्नु हो ।

यस्तो छ तरिका :

  • सबैभन्दा पहिला, अर्को डिभाइसमा आफ्नो जीमेल अकाउन्ट लगइन गर्नुहोस् ।
  • त्यसपछि माथिल्लो भागको दायाँतर्फको Profile खण्डमा क्लिक गर्नुहोस्।
  • Manage your Account अप्सनमा ट्याप गर्नुहोस् र Security मा जानुहोस्
  • – त्यसपछि Your Device  अप्सनमा ट्याप गर्नुहोस्
  • यसो गर्दा, तपाईंको जिमेल अकाउन्ट कुन डिभाइसमा र कुन लोकेशनमा सक्रिय छ भन्ने जानकारी प्राप्त हुनेछ । यसरी, तपाईंलाई आफ्नो उक्त हराएको डिभाइसमा पहुँच प्राप्त हुनेछ । त्यसपछि तपाईंले सो फोनमा रहेका कुनै पनि एपलाई अनइन्स्टल गर्न सक्नुहुन्छ ।

गुगल प्लेस्टोरबाट स्मार्टफोनका एप डिलिट गर्ने तरिका

यदि तपाईंको फोन हरायो वा चोरी भयो भने, त्यस डिभाइसबाट कुनै पनि एप हटाउनको लागि अर्को तरिका गुगल प्ले स्टोरको सहारा लिनु हो ।

गुगल प्ले स्टोरमार्फत रिमोट तरिकाले कुनै पनि एप हटाउन सकिन्छ ।

यस्तो छ तरिका :

  • सबैभन्दा पहिला, कुनै फोनमा गुगल प्ले स्टोरमा आफ्नो अकाउन्ट लगइन गर्नुहोस्
  • त्यसपछि पेजमा दिइएको Profile खण्डमा क्लिक गर्नुहोस् ।
  • फेरि Manage ट्याब छान्नुहोस् र त्यसमा क्लिक गर्नुहोस्।
  • यसो गर्दा, माथिल्लो दायाँतर्फ बक्सको सूची आउनेछ ।
  • अब तपाईंले आफ्नो हराएको फोनबाट जुन एपलाई हटाउन चाहनुहुन्छ, त्यसलाई छानेर अनइन्स्टल गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?