+
+

गृहमन्त्रीले भने– प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको छ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १०:१८
तस्वीर : रासस

६ भदौ, जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्ने बताएका छन् ।

आज बिहान जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री लेखकले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताएका हुन् । ‘यो सरकार डेलिभरी दिनका लागि बनेको हो, डेलिभरी हुन्छ, मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुन्छ,’ उनले भने ।

नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने र कानुन नै नयाँ बनाउने गरी गृहमन्त्रालयबाट प्रक्रिया अघि बढाइएको जानकारी पनि उनले दिए । ‘मैले मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसक्या छु । त्यो अर्थ मन्त्रालयमा गाको छ,’ मन्त्री लेखकले भने, ‘विभिन्न मन्त्रालयहरुको सहमति पछि त्यो संसदमा जान्छ ।’

उनले प्रहरी सम्बन्धी संघका ऐनहरुमा संशोधन/परिमार्जन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने उनले बताए ।

प्रहरी समायोजन प्रक्रियाले चाँडै अन्तिम रुप पाउने बताउँदै उनले मधेश प्रदेशको आफ्नै प्रहरी बल स्थापित हुने कुरामा विश्वस्त हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?