+
+

उच्च मूल्यबाट ११ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १०:५०

६ भदौ, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बिहीबार भने घटेको छ । उच्च मूल्यबाट बिहीबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ रहेको सुन बिहीबार १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको  छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३५ रुपैयाँ रहेको चाँदी आज १८३० मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?