+
+

बलम्बुमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते ११:०१

६ भदौ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि फेला परेको संकास्पद वस्तु रित्तो कुकर रहेको पाइएको छ । शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि नेपाली सेनाको बम डिस्पोज टोली गएर हेर्दा रित्ता कुकर फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । तर्साउन मात्रै राखिएको हरियो प्लाष्टिकभित्र कुकरको थोरै भाग बाहिर देखिएपछि स्थानीय त्रसित हुँदै प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ ।

उक्त वस्तु बुधबार दिउँसो सवा बजेतिर २ जना व्यक्तिले राखेर गएको सीसीटीभी फुटेमा देखिएको छ । ती व्यक्तिको भने पहिचान हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?