+
+

परराष्ट्रमन्त्री राणा भारत भ्रमण सकेर आज फर्किंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १२:१८

६ भदौं, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछिन् ।

आइतबार चार दिने भ्रमणका लागि भारत पुगेकी उनले भेटवार्ता सकेर आज काठमाडौं फर्किन लागेकी हुन् ।

मन्त्री राणा आज दिउँसो साढे तीन बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मन्त्री राणा अवतरण भएलगत्तै विमानस्थलमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा मन्त्री राणाले भ्रमणबारे ब्रिफिङ गर्नेछिन् ।

उनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?