+
+

क्याम्पसमा विस्फोटक पदार्थ फ्याँकेर भागेका २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते ११:४८

६ भदौ, दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विस्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की छन् । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विस्फोटक पदार्थ फ्याँकेर मोटरसाइकल चढेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुवैलाई भागिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाहरुले रमाइलोका लागि त्यस्तो गरेको बयान प्रहरीलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?