+
+

ग्यालेक्सी ए र ट्याब एस९ एफई सिरिजमा थपियो ‘सर्कल टु सर्च’ फिचर

नयाँ फिचरले ग्यालेक्सी ‘ए’ र ट्याब एस९ एफई सिरिज प्रयोगकर्तालाई उत्कृष्ट मोबाइल प्रविधि उपलब्ध गराउने कम्पनीको विश्वास छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १३:२०

काठमाडौं । सामसङ ग्यालेक्सी ए र ट्याब एस९ एफई सिरिजमा ‘सर्कल टु सर्च’ फिचर थप भएको छ ।

थप भएको नयाँ फिचरले ग्यालेक्सी ‘ए’ र ट्याब एस९ एफई सिरिज प्रयोगकर्तालाई उत्कृष्ट मोबाइल प्रविधि उपलब्ध गराउने कम्पनीको विश्वास छ ।

ग्यालेक्सी ए सिरिजमा सर्कल टु सर्चको उपलब्धतालाई पछ्याउँदै यो नयाँ अनुभव ग्यालेक्सी ट्याब ‘एस९ एफई’ मा पनि उपलब्ध हुनेछ, जसमा ठूलो डिस्प्ले र ग्यालेक्सी एस पेनले खोज्ने कार्यमा नयाँ आयाम ल्याउने कम्पनीको भनाइ छ ।

ग्यालेक्सी एस२४ सिरिज सुरु भएपछि सर्कल टु सर्च चाँडै नै प्रशंसकको मनपर्ने भएको छ, जसले परम्परागत खोज्ने विधिहरूभन्दा बाहिर गएर बेग्लै अनुभव प्रदान गर्दछ ।

पछिल्लो ग्यालेक्सी जेड फ्लिप६ र जेड बोल्ड६ लगायत थप ग्यालेक्सी उपकरणहरूमा विस्तार हुँदै गएपछि सर्कल टु सर्चले पूरै पानाको अनुवाद, गृहकार्यमा मद्दत र क्यूआर र बारकोड स्क्यानिङ क्षमताहरू थप्ने सहित यसको उपयोगिता र सहजता बढाउन निरन्तर विकसित भएको छ ।

ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजका साथै सामसङका अन्य प्रोडक्टहरूमा पनि सर्कल टु सर्चबाट प्रयोगकर्ताहरूले थप जटिल प्रश्नहरूको उत्तर खोजी गर्न सक्नेछन् ।

सामसङ इलेक्ट्रोनिक्सका प्रमुख टीएम रोहले नयाँ अपडेटले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजमा नयाँ सम्भावनाहरू उजागर गरेको र अत्याधुनिक प्रविधि उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई सुदृढ पारेको बताए ।

धेरैभन्दा धेरै प्रयोगकर्ताका लागि बेस्ट–इन–क्लास एआई प्रविधि ल्याउन कम्पनी समर्पित रहेको भन्दै उनले प्रयोगकर्तालाई थप कुशलतापूर्वक काम गर्न, थप स्वतन्त्र रूपमा सिर्जना गर्न उपकरणहरूसँग थप व्यक्तिगत अन्तरक्रियाको आनन्द लिन सक्ने विकल्पका साथ सशक्त बनाउने बताए ।

के हो सर्कल टु सर्च ?

सर्कल टु सर्च भनेको एपहरू स्वीच नगरिकन सामान्य रूपमा कुनै पनि कुरा खोज्ने नयाँ तरिका हो ।

डिभाइसमा जब सर्कल टु सर्च इनएबल गरिन्छ, प्रयोगकर्ताले सर्च गर्न चाहेको टेक्स्ट, इमेज वा भिडियो स्क्रिनबाट सहजै छनोट गर्न सकिन्छ ।

यो सुविधा गुगलसँगको दिगो सहकार्यको परिणाम भएकोले कम्पनीको खुलापन र सहकार्य प्रतिको लामो समयदेखिको प्रतिबद्धतालाई सार्थक बनाउने विश्वास व्यक्त गरेको छ ।

एआई–सञ्चालित परिणामले प्रयोगकर्तालाई उत्कृष्ट जानकारी दिने, सर्कल टु सर्चले अन्वेषण अनुभवलाई सहजता र उत्साहको नयाँ स्तरमा पुर्‍याउने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?