+
+

‘दिल से’पछि मनिषाले किन शाहरुखसँग काम गरिनन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १३:२६

काठमाडौं । शाहरुख खान र मनिषा कोइराला अभिनित बहुचर्चित बलिउड फिल्म ‘दिल से’ प्रदर्शनको २६ वर्ष पूरा भएको छ । यो छेकोमा प्रशंसक यो प्रतिष्ठित फिल्मको कथा, साउन्ड–ट्रयाक, शाहरुख र मनिषाको अविस्मरणीय अनस्क्रिन केमेस्ट्रीलाई अहिले पनि सम्झना गरिरहेका छन् ।

यो फिल्मलाई क्रिटिकले पनि निकै रुचाए । यो फिल्मको विरासत अहिले पनि उत्तिकै छ । तर शाहरुख र मनिषाले यो बहुचर्चित फिल्मपछि अर्को प्रोजेक्टमा कहिल्यै पनि सहकार्य गरेनन् । जुमसँगको हालैको एक अन्तर्वार्तामा मनिषाले शाहरुखसँग पुनः सहकार्य हुन नसक्नुको कारणबारे बोलेकी छन् ।

कुराकानीको क्रममा मनिषाले ‘दिल से’पछि अर्को फिल्म ‘गुड्डु’मा शाहरुख र आफूले सहकार्य गरेको खुलासा गरिन् । यो कुरा धेरैलाई थाहा छैन । तर यो फिल्मले ‘दिल से’को तुलनामा खास चर्चा पाएन । भारतीय फिल्मको प्रवृत्तितर्फ संकेत गर्दै मनिषाले भनिन्, ‘यो उद्योगमा हिरोले कोसँग काम गर्छ भन्ने निधो गर्ने कुरा हिरोइनले होइन, हिरोले गर्छ ।’

सोही अन्तर्वार्तामा मनिषाले बलिउडका प्रारम्भिक दिनका केही अनुभवले आफ्नो करिअरलाई आकार दिन मद्दत गरेको बताए । त्यतिबेला एक भेटको स्मरण गर्दै कोइरालाले भनिन्, ‘मेरो करिअरको सुरुमै मलाई चर्चित फोटोग्राफरसँग गएर फोटो खिच्न भनियो । म मेरी आमासँग गएँ । सुरुमा त्यो फोटोग्राफरले ‘तिमी अर्को सुपरस्टार हौ’ जस्ता कुराहरू भने ।’

उनले अगाडि भनिन्, ‘त्यसपछि उनले दुई पिस बिकिनी ल्याएर मलाई लगाउन भने । मैले उसलाई भनें- ‘सर, म समुन्द्री तटमा वा पौडी खेल्न जाँदा यो लगाउँछु, तर यदि यसरी फिल्ममा आउनुपर्‍यो भने मलाई त्यो चाहिंदैन । मैले त्यो लगाएको पनि छैन ।’

मनिषा आफ्नो अडानमा अडिग रहिन् र पूरै लुगा लगाएर फोटो खिच्न जिद्दी गरिन् । जसको परिणाम फोटोग्राफरले नाटकीय प्रतिक्रिया दिए । उनले भने- जुन माटो पग्लिन इन्कार गर्छ, मैले कसरी त्यसबाट मूर्ति बनाउने ?’

मनिषा हालै सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा देखिएकी थिइन् । यो सिरिजको दोस्रो सिजन निर्माण तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?