
काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक विक्रेतामा गोल्छा संगठनको सांग्रिला मोटर्स प्रालि नियुक्त भएको छ । सांग्रिला मोटर्स हाल नेपालमा सिट्रोन र प्युजो गाडीको आधिकारिक विक्रेता पनि हो ।
अब सांग्रिला मोटर्सले लिपमोटरको लक्जरी विद्युतीय सवारीसाधन (ईभी) नेपाली बजार ल्याउने तयारी गरिरहेको जनाएको छ ।
सांग्रिला मोटर्सले ११-१६ भदौसम्म भृकुटीमण्डपमा सञ्चालन हुने नाडा अटो शोमार्फत लिपमोटरको ‘सी१०’ मोडेलको ईभी सार्वजनिक गर्ने जनाइएको छ ।
लिपमोटर स्टेलान्टिस अम्ब्रेला अन्तर्गतको कम्पनी हो, जसको प्युजो, सिट्रोन, जीप र फिएट गाडीको स्वामित्व रहेको छ ।
लिपमोटर सन् २०२४ सम्ममा बिक्रीका आधारमा चीनको चौथो ठूलो नयाँ ईभी स्टार्टअप कम्पनी हो । चीनमा बलियो उपस्थिति र युरोपमा बढ्दो पदचिह्नका साथ लिपमोटर अत्याधुनिक प्रविधि प्रयोग गर्ने कम्पनी हो ।
प्रतिक्रिया 4