+
+

‘पीताम्बर’मा दयाहाङ र आर्यनको केमियो रोल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १३:३५

काठमाडौं । अभिनेता दयाहाङ राई र आर्यन सिग्देल फिल्म ‘पीताम्बर’को अतिथि भूमिकामा (केमियो रोल)मा देखिने भएका छन् । यो फिल्ममा पछिल्लो समय दयाहाङ पनि जोडिएको पुष्टि निर्माण सदस्यले गरेका छन् ।

वितरक रोहित कट्टेलले दयाहाङ र निर्देशक कृषा चौलागाईंको फोटो सेयर गर्दै प्रोजेक्टको कास्टिङबारे नयाँ खुलासा गरेका छन् । हालै मात्र ‘कार्साङ’को छायांकन सकेका दयाहाङ ‘पीताम्बर’मा केमियो रोलमा देखिन लागेको जनाइएको छ ।

तर निर्देशक चौलागाईंले यो फिल्ममा दयाहाङको मुख्य भूमिका हुने दाबी गरिन् । स्रोतका अनुसार यो फिल्ममा आर्यन सिग्देल पनि केमियो रोलमा हुनेछन् । प्रदीप खड्का बाहेक यो फिल्ममा अरु सबै कलाकारको सहायक भूमिका हुने जनाइएको छ ।

यो फिल्ममा यसअघि सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया जोडिएका छन् ।

महंगो बजेट बताइएको यो फिल्मको दोस्रो चरणको छायांकन सुरु हुने तयारीमा छ । यसका लागि ५५ दिनको छायांकन तालिका तय गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?