+
+

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १३:५५
फाइल फोटो ।

६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षेे हदम्याद राख्ने प्रस्तावित व्यवस्था आफूहरुलाई मान्य नरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने पक्षमा नरहेको बताका हुन् ।

‘भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन । नो इफ, नो बट । हाम्रो कुरा क्लियर कट । भ्रष्टाचारको अनुसन्धानमा हदम्याद लागू हुने छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?