+
+

शिक्षामन्त्रीलाई माओवादी सांसदको प्रश्न : त्रिविमा भएको के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १४:०६

६ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालय (टियु)का पदाधिकारीले महसुस गरेको भनिएको सुरक्षा थ्रेटबारे जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै सांसद दाहालले त्रिभुवन विश्वविद्यालयमा त्यहाँका उपकुलपति, रेक्टर, रजिष्टार लगायत सुरक्षाको कारण कैयौं दिनदेखि कार्यालयमा उपस्थित नसकेको बताए ।

यो विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सदनलाई जानकारी गराउनुपर्ने उनको माग छ ।

‘सत्य के हो ? सत्य के हो हामीले थाहा पाउनुपर्छ । त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुन्छ भने अन्त सुरक्षा कहाँ दिन सकिन्छ । सरकार छ कि छैन ? सरकार छ भने टियुमा सुरक्षा दिनु पर्यो’ उनले भने ।

समस्याको पहिचान गरेर समाधान दिन सरकारलाई उनको आग्रह छ । ‘समस्या के हो ? राजनीतिक समस्या हो भने वार्ताद्धारा हल गर्नुपर्यो । गुण्डागर्दी हो भने कानुनी प्रक्रियाद्धारा नियन्त्रण गर्नुपर्‍यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?