+
+

भूकम्पले चिरा परेको घर भत्किँदा २२ बाख्रा मरे

रासस रासस
२०८१ भदौ ६ गते १४:२१

६ भदौ, त्रिवेणी। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० बयाल्यामा बरुण धितालको घर भत्किँदा २२ बाख्रा मरेका छन् ।

गएराति धितालको घर भत्किँदा घरमा रहेका २२ बाख्रा पुरिएर मरेका हुन् ।

घरमा रहेका तीन बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए । उनका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो ।

सोही घर भत्किँदा बाख्रा मरेका हुन् । घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए ।

घरपरिवार अस्थायी आवास (टहरो) मा बसेकाले मानवीय क्षति भने भएको छैन । अन्य क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?