+
+

अमेरिकामा नेपाली नर्स २३ दिनदेखि सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते ११:२०

६ भदौ, काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपालकी नर्स २८ वर्षकी ममता काफ्ले २३ दिनदेखि सम्पर्कविहीन भएकी छन् ।

जुलाई ३१ तारेखदेखि सम्पर्कविहीन भएकी नर्स काफ्ले हालसम्म फेला परेकी छैनन् । उनी श्रीमान नरेश भट्ट र १ बर्षकी छोरीका साथ बस्दै आएकी थिइन् ।

भर्जिनिया राज्यको मनासस पार्क प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै उनको खोजतलासी जारी रहेको बताएको छ । अनुसन्धानका क्रममा हालसम्म १० वटा सर्च वारेन्टहरु जारी गरिएको र सयौं घण्टा  व्यक्तिसँग कुराकानी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले अनुसन्धानमा सघाउ पुग्ने कुनै जानकारी भएमा आफूहरुलाई दिन पनि आग्रह गरेको छ ।

प्रहरीले ममताका श्रीमान नरेश भट्टसँग पनि सोधपुछ गरेको छ । प्रहरीका अनुसार ममताका श्रीमानले अगस्ट ५ मा मात्र आफ्नी पत्नी हराएको खबर प्रहरीमा दिएका थिए । त्यसअघि २ अगस्टमा ममता बस्ने घरमा पुगेको थियो ।

प्रहरीका अनुसार जुलाई २७ मा काफ्ले युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन् भने जुलाइ २८ मा साथीसँग कुरा गरेको थिइन् । जुलाई ३१ मा उनका श्रीमानले अन्तिमपटक देखेका थिए ।

ममताको खोजीका लागि नेपाली समुदायले दबाब दिइरहेको छ । ममता हराएको १५ औं दिनमा नेपाली समुदायले प्रहरी कार्यालयको अगाडि धर्ना दिएको थियो ।

सामाजिक सञ्जालहरुमा पनि उनको खोजी गर्नुपर्ने र घटनाको छानबिन हुनुपर्ने भन्दै आवाज उठिरहेको छ ।

हेर्नुहोस् प्रहरीको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?