+
+

‘एक्टर’को पोस्टरमा प्रदीपका ५ चरित्र

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १४:३२

काठमाडौं । फिल्म ‘एक्टरः टेक वान’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता प्रदीप खड्का फिचर्ड छन् जहाँ उनका पाँच चरित्र प्रस्तुत गरिएको छ ।

घाइते भएर ब्यान्डेज बाँधेको, दौरा-सुरुवाल र ढाकाटोपी सहितको, विमान चालक, लामो कपाल सहितको क्याजुअल र चिसोयाममा खिचिए जस्तो देखिने भिन्न आयाम र चरित्र यसमा प्रस्तुत छ ।

कात्तिक १५ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मबाट दिव्या रायमाझीले डेब्यु गर्दैछन् । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या प्रदीपको अपोजिटमा देखिनेछिन् ।

राजन भुसाल निर्देशित फिल्ममा आना शर्मा, राजबल्लभ कोइराला, दिव्यदेव, सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीपकुमार चौधरी, देवेन्द्र नेपालको अभिनय छ ।

थमन भण्डारी निर्माता हुन् । अदृत फिल्म्स र मोती फिल्म्सको प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । फिल्मको पटकथाकारमा आकाश बराल र राजन भुसाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?