+
+

‘आँखा’ टिजर : नदी किनारका सुकुम्बासी र स्थानीय सरकारबीच तनावको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १४:५७

काठमाडौं । जौन योञ्जन निर्देशित सोसल ड्रामा फिल्म ‘आँखा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । डेढ मिनेट रनटाइमको टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।

टिजरअनुसार फिल्मको कथावस्तु काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा टहरो बनाएर बस्दै आएका मानिस र उनीहरुलाई त्यहाँबाट हटाउन खोज्ने स्थानीय सरकारबीचको तनावमा केन्द्रित छ ।

टिजरले केही समयअघि थापाथलीको बागमती किनारका बासिन्दालाई हटाउन खोज्ने काठमाडौं महानगर र सुकुम्बासीबीचको झडप र रस्साकस्सीको क्षण सम्झाउँछ । टिजरको अन्त्यमा एउटा संवाद राखिएको छ, यिनीहरुले गर्दा यो सहर गन्हाइसक्यो ।’

फिल्मले नदी किनार ओगटेर बसेका सुकुम्बासी व्यवस्थापनको एउटा महत्वपूर्ण मुद्दालाई उठान गरेको छ । डेब्यु निर्देशक योञ्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले खेपिरहेको यतिबेला ज्वलन्त मुद्दालाई फिल्मको कथावस्तु बनाएका छन् ।

फिल्ममा बुद्धि तामाङ, विजय बराल, स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, पशुपति राई, राजन खतिवडा, अभय बराल, लुनिभा तुलाधर, कृष्णभक्त महर्जन, सरोज खनाल र प्रसन राईको अभिनय छ । यो फिल्म असोज ११ गतेबाट प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?