+
+

सुमनाको प्रश्न : प्रधानमन्त्रीको कार्यक्षमता छैन नभन्नुपर्ने कारण के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १४:५९

६ भदौ, काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले सुरक्षा खतराका कारण कार्यालय जान नसक्नुमा प्रधानमन्त्रीको असक्षमता रहेको टिप्पणी गरेकी छन् ।

त्रिविमा पदाधिकारीहरु डराएर कार्यालय नजानुमा देशको कार्यकारी प्रमुख र विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको असक्षमता रहेको उनको आरोप छ ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिवि पदाधिकारीलाई सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री रमेश लेखकसँग सामाजिक सञ्जालमार्फत नै माग गरेकी थिइन् ।

विवाद भएको त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै रहेको र उनकै मन्त्रिपरिषदका शिक्षामन्त्रीले गृहमन्त्रीसँग सामाजिक सञ्जालमार्फत सुरक्षा माग गरेको भन्दै रास्वपा सांसद श्रेष्ठले प्रधानमन्त्रीमाथि प्रश्न उठाइन् ।

सत्तारुढ दुई ठूला दलको भ्रातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापकहरुको संगठनले जर्जर बनाएको विश्वविद्यालयलाई सही दिशा दिनुपर्ने व्यक्ति र सरस्वती क्याम्पसमा चिट चोराउन जाँदा परीक्षा नियन्त्रकलाई कुटपिट गर्ने अनेरास्ववियुको माउ पार्टीको प्रमुख व्यक्ति पनि प्रधानमन्त्री ओली नै रहेको उनले बताइन् ।

तर प्रधानमन्त्रीले नै शिक्षालयमा दल चाहिन्छ, शिक्षकले राजनीति गर्नुपर्छ भन्दै हिँडेको भन्दै उनले सोधिन्, ‘जरोमा पनि उही टुप्पोमा पनि उही, प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण चाहिँ के छ बताइदिनुपर्‍यो ।’

आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, स्वास्थ्य र प्रशासन दलीय राजनीति मुक्त हुनुपर्छ भन्दै आएको पूर्वमन्त्री श्रेष्ठको भनाइ छ ।

मेरिटको आधारमा भन्दा दलको झोला बोकेको आधारमा विभागीय प्रमुख बनाएका कारण लाखौं विद्यार्थी देश छाडेर बाहिर जानुपरेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?