+
+

रौतहटमा अश्लीलता झल्किने भोजपुरी गीतमा नाँचगान गर्न रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १५:२८

६ भदौ, रौतहट । रौतहट प्रहरीले चाडपर्वको नामममा अश्लीलता झल्किने भोजपुरी गीतमा नाँचगान गर्न रोक लगाएको छ ।

बिहीबार रौतहट प्रहरीले सूचना जारी गर्दै रातको समयमा अश्लीलता झल्किने भोजपुरी गीतमा नाँचगान गर्न रोक लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नावय उपरीक्षक (डीएसपी) एलिजा गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ अनुमति बिना चाडपर्वको नाममा  गाउँ-गाउँमा दिन र रातको समयमा अश्लीलता झल्किने किसिमका भोजपुरीको गीत गाउने, लवण्डा नचाउँने,  अर्केष्ट्र नचाउँने,  मनोरञ्जनका नाममा जुवा तास खेलाउनेलगायतका गतिविधि गरेको पाइएमा सोको जिम्‍मेवार आयोजक पक्ष  नै जिम्मेवार हुने व्‍यहोरा सबैको जानकारीका लागि अनुरोध गरिएको छ ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?