+
+

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १६:०९

६ भदौ, काठमाडौँ । यसवर्षको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

वरिष्ठ पत्रकार देवेन्द्र गौतमका स्मृतिमा करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख रहेको छ । पत्रकार गौतमको दोस्रो स्मृृति दिवस आगामी असोज २ गते सो पुरस्कार प्रदान गरिने सेन्टरका अध्यक्ष प्रदीपा गौतमले जानकारी दिए ।

‘दृष्टि’ साप्ताहिकका सम्पादक श्रेष्ठ विगत पाँच दशकदेखि निरन्तर लोकतान्त्रिक मूल्यमान्यतामा आस्था राखी पत्रकारिता क्षेत्रमा सक्रिय छन् । तत्कालीन पञ्चायती निरङ्कुश सत्ताबाट ‘नेपाल पोष्ट’ साप्ताहिकको प्रकाशनमा रोक लगाउँदा उहाँले आफ्नो नाममा दर्ता भएको ‘मायालु’ साप्ताहिक ‘नेपाल पोष्ट’ का सम्पादक ।

प्रकाशकलाई सहयोगस्वरूप प्रकाशन गर्न प्रदान गरेका थिए । गाईजात्रा अङ्कमा आपत्ति जनाई ‘मायालु’ को पनि प्रकाशनमा रोक लगाइएको इतिहास छ ।

संस्थाले कलाकार गेहेन्द्रमान अमात्य तथा पत्रकार एवं प्राध्यापक रघु घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गर्ने छ । उनीहरुलाई जनही ५० हजार दिइने छ ।

अमात्य सरकारी सेवा सूचना विभागमा सेवारत हुनाका साथै निजी तवरमा छापिने पत्रपत्रिकालाई तस्बिरका ‘जिंक ब्लक’ बनाएर उपलब्ध गराउदथे ।

यस्तै घिमिरेले सहर वा ग्रामीण क्षेत्रका सर्वसाधारणका विषयदेखि महत्त्वपूर्ण घटनाको समाचार पत्रपत्रिकालाई उपलब्ध गराएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?