+
+

‘रावायण’को एक्सनप्रधान ट्रेलरमा पल भर्सेस पल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १६:२०

काठमाडौं । समग्रमा फिल्म ‘रावायण’ पल शाह विरुद्ध पल शाहको लडाइँ हो । यो एक्सनप्रधान फिल्ममा उनी दोहोरो भूमिकामा देखिएका छन् । निर्देशक सुदर्शन थापाले पललाई सकारात्मक र नकारात्मक दुई चरित्रमा पेश गरेका छन् ।

सोही फिल्म ‘रावायण’को एक्सनप्रधान ट्रेलर बिहीबार सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा पललाई दोहोरो भूमिकामा देखाइएको छ ।

पूजा शर्मा, प्रियका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही लगायत पनि अभिनय छ । पल र पूजालाई जोडीको रुपमा देखाइएको छ । प्रियंकालाई इस्लाम महिलाको रुपमा चित्रण गरिएको छ । ट्रेलरको अन्तिम दृश्यमा पलले निर्वाह गरेका दुई चरित्रबीचको लडाइँलाई देखाइएको छ ।

यो फिल्मको निर्माण पूजा शर्माले गरेकी हुन् । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मको रिलिज भदौ २१ गते हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?