+
+

संसदमा प्रधानमन्त्रीको जवाफ : एसपीपीबारे कुनै प्रस्ताव आएको छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १६:३१

६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) बारे अहिले कुनै प्रस्ताव नआएको बताएका छन् ।

अमेरिकी डेपुटी सेक्रेटरी रिचार्ड आर बर्माले हालै मात्र नेपाल भ्रमण गरेका थिए । प्रतिनिधि सभामा बिहीबार भएको प्रश्नोत्तर कार्यक्रममा माओवादी सांसद पूर्णबहादुर घर्तीले बर्मासँग एसपीपीबारे छलफल भए/नभएको प्रश्न सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले अमेरिकी डेपुटी सेक्रेटरी बर्माले आफूलाई भेट्दा दुई देशको बहुआयामिक सम्बन्धबारे चर्चा भएको जानकारी दिए ।

भेटका क्रममा अमेरिकी डेपुटी सेक्रेटरी बर्माले नेपाललाई दुईटा हेलिकप्टर दिने जानकारी दिए पनि अमेरिकी संसदबाट पारित हुन बाँकी रहेको बताए । तर एसपीपीका विषयमा कुनै कुराकानी नभएको उनले जानकारी दिए । ‘एसपीपी पहिले चर्चासम्म चलेको हो’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले कसैले बढाउनुपर्छ भनेको छैन, कुनै प्रस्ताव आएको छैन ।’

राष्ट्रिय हितको प्रश्नमा सरकारले कुनै सौदाबाजी नगर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?