+
+

प्रधानमन्त्रीको स्पष्टीकरण : विद्युतको बक्यौता उठाउँछौं, तर उद्योग चलाएर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १८:४०

६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महसुलको बक्यौता उठाउने बताएका छन् । आफ्नो नेतृत्वको सरकारले उद्योगको लाइन काटेर बक्यौता उठाउने बाटो मात्र गलत भएको बताएको उनको भनाइ छ ।

प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्योगहरुले उपभोग गरेको विद्युतको महसुल तिर्नैपर्ने बताए । महसुल नतेरेकै कारण विद्युत काट्दा व्यापार व्यवसायमा असर पर्ने हुनाले मात्र सरकारले जिम्मेवारीपूर्वक लाइन जोड्न सुझाएको उनले बताए ।

सरकारले महसुल मिनाहा गर्न लागेको भन्ने प्रचार झुटो भएको भन्दै उनले भने, ‘बक्यौता उठाउँछौं, तर उद्योग चलाएर ।’

उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुने र मजदुरको रोजगारी गुम्ने हुनाले उद्योग चलाउने र बक्यौता पनि उठाउने बाटो लिएको प्रधानमन्त्रीको भनाइ छ । ‘उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, ब्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ’, उनले भने ।

सरकार र विद्युत प्राधिकरणबीच कुनै मतभेद नरहेको समेत उनले बताए । तर सरकारले प्राधिकरणलाई निर्देशन गर्नै हुन्न भन्ने नभएको भन्दै ओलीले भने, ‘के गोदान हो त्यो ? सोधीखोजी पनि गर्न पाइँदैन ? सोधीखोजी गर्छ ।’

आठ/दश वर्षदेखि थाती रहेको विषय भएकाले सरकारले काटिएको लाइन जोडेर बाँकी प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
विद्युतको बक्यौता २२ अर्ब उठाउनुपर्नेमा ६ अर्बमा झारिएको भन्दै उनले यसको सोधीखोजी हुनुपर्ने बताए ।

समयमा किन नउठाएको भन्ने सन्दर्भमा समेत सोधीखोजी हुने प्रधनमन्त्रीको भनाइ छ । महालेखा परीक्षकको कार्यालयले समेत २२ अर्ब उठाउनुपर्ने भनेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘कहाँ गयो १६ अर्ब ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?