+
+

टीआरसी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १६:५३

६ भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।

पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो । जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो ।

विधेयक पारित हुनु अगाडि राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विधेयक कानुनमा रुपान्तरित भएसँगै आयोग गठनको प्रक्रिया शुरु हुने बताए ।

आयोग गठन भएपछि कस्ता पदाधिकारी आउँछन् उनीहरुले गर्ने कामका आधारमा नेपालको शान्ति प्रक्रिया टुंगिनेतिर अग्रसर हुने बताए । संक्रमणकालीन न्यायलाई यही रुपमा सम्बोधन गरिनुपर्ने र यसका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठले तत्कालीन माओवादीले संचालन गरेको सशस्त्र युद्धबाट नेपालमा राजनीतिक परिवर्तन र उपलब्धी हासिल भएको बताए ।

राजनतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्नु नै नेपालको वर्तमानको केन्द्रीय कार्यभार भएको बताए । यसका लागि समेत शान्ति प्रक्रियाको विषय टुंगिनु आवश्यक रहेको र सकारात्मक दिशामा अगाडि बढेको बताए ।

राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले शान्ति प्रक्रिया टुंग्याउन वर्तमान सरकार लागेको भन्दै निष्कर्षमा पुर्‍याउन सबै सहयोगी हुनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?