+

कीटाणुजन्य जोर्नी सुन्निने समस्या के कारणले हुन्छ ?

२०८१ भदौ  ६ गते १७:१८ २०८१ भदौ ६ गते १७:१८
कीटाणुजन्य जोर्नी सुन्निने समस्या के कारणले हुन्छ ?

बढ्दो उमेरसँगै जोर्नीको समस्या आउनु सामान्य मानिन्छ । तर  जोर्नीसम्बन्धी समस्या उमेर बढ्दै जाँदा मात्रै हुने होइन, युवाहरु पनि यसबाट पीडित रहेको नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।

युवाहरूमा देखा पर्ने जोर्नीहरूको समस्यामा ‘ब्याक्टेरियल जोइन्ट इन्फ्लामेसन’ जोर्नी सुन्निने समस्या पनि एक हो ।

ब्याक्टेरियल जोइन्ट इन्फ्लेमेसन भनेको के हो ?

जोर्नी दुख्ने समस्या अत्याधिक भयो भने यसले ब्याक्टेरियल जोइन्ट इन्फ्लेमेसनको संकेत गर्न सक्छ । जसलाई छोटकरीमा ‘बीजीआई’ पनि भनिन्छ । अर्को शब्दावलीमा यसलाई रियक्टिभ आथ्राइटिस पनि भनिन्छ । ब्याक्टेरियाको संक्रमणका कारण जोर्नी सुन्निने र धेरै दुखाइ समस्या हुन्छ । यसमा संक्रमणको समस्या पनि बढ्दै जाने हुन्छ र जोर्नीमा संक्रमण भइसकेपछि संक्रमणजन्य जोर्नीको सुजन भई जोर्नी छिटो सुन्निने लगायत वरपरका मांसपेशी र हड्डी दुवै क्षतिग्रस्त भई जोर्नी पाक्ने हुन्छ ।

कीटाणुजन्य जोर्नी सुन्निने समस्या ब्याक्टेरियल छिटो बिस्तार हुने भएकाले यदि यसलाई समयमा नै उचित उपचार गरिएन भने जोर्नीले काम गर्न नसक्ने जोखिम बढ्छ । त्यसैले यस्ता खाले जोर्नीको समस्यालाई बेवास्ता गर्नु हुँदैन ।

टाणुजन्य जोर्नी सुन्निने समस्याको लक्षण

शरीरको तापक्रम सामान्य भन्दा बढी हुने, जोर्नीको छाला रातो र तातो हुने, जोर्नी धेरै दुख्ने र सुन्निने, भोक नलाग्ने, थकान महसुस हुने र मुटुको धड्कन सामान्य भन्दा छिटो हुने कीटाणुजन्य जोर्नी सुन्निने समस्याका लक्षण हुन् ।

युवाहरूमा देखापर्ने लक्षण

हात खुट्टाको जोर्नी दुख्ने, घुँडाको जोर्नी दुख्ने, ढाड र घाँटीमा पनि दुखाइ महसुस हुने, कम्मर र काँधमा पनि दुखाइ महसुस हुने युवाहरूमा देखा पर्ने लक्षणहरू हुन् ।

बच्चामा देखा पर्ने लक्षण

हिंड्न गाह्रो हुने, रोएको रोई गर्ने, ज्वरो आउने, भोक नलाग्ने, थकान महसुस हुने, मुटुको धड्कन सामान्य भन्दा छिटो हुने जस्ता लक्षण बच्चामा देखा पर्छ ।

टाणुजन्य जोर्नी सुन्निने समस्याको कारण

यस्तो खालको जोर्नी सुन्निने समस्याको मुख्य कारण कीटाणुलाई मानिन्छ । जुन आँखा, नाक, कान वा मुखबाट सम्पूर्ण शरीरमा प्रवेश गर्छ । यो संक्रमणको कारण स्टाफाइलोकोकस एरियस नामक ब्याक्टेरिया भएकाले यसलाई स्टेफ इन्फेक्सन भनिन्छ । यस बाहेक निम्न कारणले पनि यो समस्या हुनसक्छ । ब्याक्टेरियल निमोनिया, गोनोरियाको समस्या, क्षयरोग लगायत समस्याले जोर्नी सुन्निने समस्या निम्तिन सक्छ ।

कीटाणुजन्य जोर्नी सुन्निने समस्याको जोखिम कसलाई ?

यो समस्या जुनसुकै उमेरमा पनि हुनसक्छ । तर बच्चामा निरन्तर संक्रमण भइरहने र उनीहरूको जोर्नी पूर्ण विकासको क्रममा रहने हुनाले साना बच्चाहरुमा यो जोखिम अलि बढी पाइएको छ ।

तर मुख्यतया यी समस्या देखा परेमा कीटाणुजन्य जोर्नी सुन्निने समस्याको जोखिम बढ्छ । जस्तै- जोर्नीको शल्यक्रिया गरेको व्यक्ति, कृत्रिम जोर्नी प्रत्यारोपण, प्रतिरक्षा प्रणालीसँग सम्बन्धित समस्या, बाथको समस्या, श्वासप्रश्वासमा संक्रमण हुने समस्या, असुरक्षित यौन सम्पर्क, गिजा सम्बन्धित समस्या, मधुमेह, पिसाबको संक्रमण लगायत समस्या भएको व्यक्तिलाई कीटाणुजन्य जोर्नी सुन्निने समस्याको जोखिम हुन्छ ।

साथै धुम्रपान गर्ने व्यक्तिमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले पनि यो समस्याको जोखिम उनीहरूमा बढी हुन्छ ।

यी कुनै पनि शारीरिक समस्याबाट पीडित व्यक्तिले यी रोगहरूलाई बेवास्ता गर्नु हुँदैन । यसले कीटाणुजन्य जोर्नी सुन्निने समस्या निम्त्याउन सक्छ । त्यसैले जतिसक्दो चाँडो चिकित्सकको सल्लाह लिनुपर्छ ।

उपचार

कीटाणुजन्य जोर्नी सुन्निने समस्याको उपचार विभिन्न तरिकाबाट गरिन्छ । यसको पहिचान गर्न रगतको जाँच, सम्बन्धित जोर्नीको एक्स-रे  लगायतबाट सजिलै पत्ता लगाउन सकिन्छ । कहिलेकाहीं अवस्थाअनुसार सिटिस्क्यान लगायत एमआरआई पनि जाँच पनि आवश्यक हुन्छ ।

यदि समस्या प्रारम्भिक छ भने चिकित्सकले मौखिक एन्टिबायोटिक औषधि सिफारिस गर्छन् । जोर्नी लगायत हड्डीमा संक्रमण हुने भएकाले यस्तो अवस्थामा निश्चित खालको एन्टिबायोटिक प्रयोग गरिन्छ र उक्त एन्टिबायोटिक औषधिको असर पनि लामो समय हुने गर्छ ।

यदि कुनै व्यक्तिलाई कीटाणुजन्य जोर्नी सुन्निने समस्या गम्भीर छ भने चिकित्सकले बिरामीको नसाबाट एन्टिबायोटिक दिन्छन् । यस्तो अवस्थामा अस्पतालमा भर्ना गर्नुपर्ने हुनसक्छ । समस्या जटिल भएमा शल्यक्रिया समेत गर्नुपर्ने हुन्छ । त्यसैले प्रारम्भिक चरणहरूमा हुने समस्यालाई बेवास्ता गर्नु हुँदैन ।

कसरी बच्ने ?

केही समस्या देखिने बित्तिकै फार्मेसीमा गएर आफूखुसी पेनकिलर लगायत एन्टिबायोटिक औषधि खाने चलन नेपाली समाजमा व्याप्त छ । यस्तोमा जोर्नी दुख्ने, सुन्निने समस्यामा पनि आफूखुसी औषधि खाने गरेको पाइन्छ । तर कुनै पनि औषधिको सेवन चिकित्सकको सल्लाहमा मात्र खानुपर्छ । अझ यो कीटाणुजन्य जोर्नी सुन्निने समस्याको समस्या कम गर्न खाइने एन्टिबायोटिकको सेवन विशेषज्ञ चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्छ ।

यो समस्या अन्य ब्याक्टेरियाको संक्रमण जस्तै ६-७ दिनमा निको हुँदैन । हड्डी वा जोर्नीको संक्रमणमा विशेषज्ञको निगरानीमा नै उपचार गर्नुपर्छ । साथै समस्यालाई समयमै पत्ता लगाएर उपचार गरियो भने थप जटिल हुनबाट बच्न सकिन्छ ।

जोर्नी सुन्निने डा. सरोजकुमार सुवाल हाडजाेर्नी
डा. सरोजकुमार सुवाल
लेखक
डा. सरोजकुमार सुवाल
हाडजोर्नी तथा नसारोग विशेषज्ञ

डा. सुवाल हाल भक्तपुरस्थित मध्यपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालमा कार्यरत छन् । अर्थोपेडिक एमएस गरेका उनले नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११२२४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

घुँडा दुखाइको उपचार के छ ?

घुँडा दुखाइको उपचार के छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?  

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?