+
+

जनार्दनको प्रतिप्रश्न : पार्टी बिग्रियो, छलफल गरौं भन्न नपाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १७:१६
फाइल तस्वीर ।

६ भदौ, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रियो, छलफल गरौं भन्न पनि किन नपाउने भन्दै बैठकमा प्रतिप्रश्न गरेका छन् ।

बुधबारदेखि सुरु भएको माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय परामर्श बैठकमा ८२ जना नेताहरूले राखेका धारणालाई बिहीबार सम्बोधन गर्दै उपमहासचिव शर्माले आफूले पार्टीभित्र भिन्न मत राखेको नभई आफ्नो मत राखेको प्रष्टीकरण दिए ।

बागमती प्रदेश अन्तर्गतका केन्द्रीय समिति सदस्य तथा प्रदेश पदाधिकारीहरू सहभागी बैठकमा उनले पार्टीका समस्या र निर्माणका कुरा लिखित रूपमा राख्दा आफूलाई पार्टी फुटाउन लागेको प्रचार गरिएकोमा गुनासो गरे ।

‘मैले पार्टी फुटाउँछु भन्ने लागेकै छ भने म के गरौं ? भगवान् गुहारौं कि प्रचण्ड गुहारौं’ उनले भने, ‘म बोल्दै नबोली ठुस्केर बसेर पार्टी एकताबद्ध हुन्छ भने म चुप लागौंला तर, मलाई लाग्छ आफ्नो कुरा जोडदार राखेर मात्रै पार्टी एकताबद्ध हुन्छ ।’

पार्टीका अधिकांश नेताले फरक मत राखेको भन्दै शर्माको चर्को आलोचना गरेका थिए ।  त्यसको प्रतिउत्तरमा उपमहासचिव शर्माले प्रतिप्रश्न गरे, ‘विचार निर्माणमा अध्यक्ष लाग्नुपर्‍यो । अन्य काममा हामी लाग्छौं भन्न किन नपाउनु ?’

प्रचण्ड सहितको पार्टी बनाउने भनेको हुँ’

उपमहासचिव शर्माले आफूले प्रचण्ड बाहेकको पार्टी बनाउने नभनेको स्पष्ट पारे । ‘अध्यक्ष बाहेकको पार्टी बनाउने मैले भनेको होइन’ उनले भने, ‘विचार र सत्ताको नेतृत्व मात्रै अध्यक्षले गर्नु संगठनको हामी गर्छौं भनेको हो ।’

विचार चाहिन्छ भनिरहने तर अध्यक्षले नै विचार निर्माण गर्नुस् भन्दा अन्यथा हल्ला गरिएकोमा उनले आक्रोश व्यक्त गरे । ‘विचार चाहिन्छ भन्ने अनि अध्यक्षले विचार निर्माण गर्नुस् भन्दा अन्यथा हल्ला किन गरियो ?’ उनले भने, संगठन निर्माणको काम हामी गर्छौं भन्न नपाउने ? पार्टी बिग्रियो, छलफल गरौं भन्न नपाउने ?’

शर्माले पार्टीभित्रको सूचना चुहाएको भन्दै नेता कार्यकर्ताले लगाएको आरोपको पनि खण्डन गरे । उनले प्रश्न गरे, ‘सूचना मैले चुहाएको होइन । सर्कुलर पनि मिडियामा आउँछ । के महासचिवले चुहाएको हो त ?’

जनार्दनपछि बोलेका नेता हरिबोल गजुरेलले पार्टीभित्रको बहसले राम्रै गरेको बताए । उनले उपमहासचिव जनार्दन शर्माले पार्टी पंक्तिलाई अझै स्पष्ट पार्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?