+
+

साउनमा ५७ हजार टन रासायनिक मल आयात, ५५ हजार आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १८:२४
फाइल तस्वीर

६ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो महिना साउनमा ५७ हजार ९२५ टन रासायनिक मल आयात गरेको छ ।

कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडबाट सो परिमाणमा युरिया र डीएपी मल आयात भएको हो ।

कृषि सामग्री लिमिटेडले ३८ हजार ४६२ टन युरिया, १३ हजार ६८४ टन डीएपी आयात गरेको छ । साल्ट ट्रेडिङ कम्पनीले भने ५ हजार ७७८ टन युरिया आयात गरेको हो । चालु आवमा पोटास मल भने आयात भएको छैन ।

दुवै कम्पनीले थप मल ल्याउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङले २५ हजार टन र कृषि सामग्रीले ३० हजार टन युरिया मल नेपाल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वार्षिक ५ लाख ५० हजार टन रासायनिक मल भित्र्याउने लक्ष्य रोखेको छ ।

कति छ मौज्दात ?

मन्त्रालयका अनुसार गत वर्षको बाँकी मौज्दात र आयात सहित साउनसम्म १ लाख २३ हजार १६७ टन रासायनिक मल मौज्दात छ ।

कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ गरी युरिया ७१ हजार ४६१ टन, डीएपी ४३ हजार ८६८ टन र पोटास ७ हजार ८३८ टन मल मौज्दात छ ।

नेपालले आयात गर्ने तीनै थरी मल गरी कृषि सामग्रीसँग ९६ हजार २७७ टन र साल्ट ट्रेडिङ कम्पनी २६ हजार  ८९१ टन मल मौज्दात छ ।

साउनमा ७५ हजार टन मल बिक्री

साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्रीले साउनमा ७५ हजार १६१ टन मल बिक्री गरेको मन्त्रालयले जनाएको छ ।

दुवै कम्पनी गरी साउनमा युरिया ५५ हजार ६५३ टन, डीएपी १८ हजार ५५८ टन र पोटास ९५० टन बिक्री गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?