+
+

ऐनमै टेकेर धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति हुन्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १८:१८

६ भदौ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्रसम्बन्धी ऐनको दफा ७ ले निर्दिष्ट गरेको कानुनी प्रक्रिया र विधिबमोजिम अध्यक्ष नियुक्ति हुने दाबी गरेका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पौडेलले यस्तो दाबी गरेका हुन् ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न नसक्ने उनको भनाइ छ । मिडियामा प्रकाशित समाचारअनुसार सांसदलाई धारणा नबनाउन उनले आग्रह गरे । बोर्ड अध्यक्ष नियुक्तिमा कुनै पार्टीका नेताले चाहेर निर्णय नहुने उनको दाबी छ ।

‘सिफारिस समितिले सिफारिस गरेबमोजिम अध्यक्ष नियुक्ति हुने व्यवस्था हो, कुनै पनि पार्टी वा पार्टीका नेताले चाहेर हुँदैन,’ पौडेलले भने ।

सेयर बजारलाई परिपक्व, अनुशासित र दीगो रूपमा विकास गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए । सोसल मिडियामार्फत ग्रुप बनाएर लगानीकर्तालाई भ्रमित नगरियोस् भन्नेमा ध्यान दिइएको उनको दाबी छ ।

निश्चित पूँजी भएका कम्पनीलाई धितोपत्र बजारमा अनिवार्य सूचीकरण हुनुपर्ने चालु आवको बजेटमा गरिएकाले उत्पादनका साधनमा पहुँच बढ्ने उनले बताए ।

दोस्रो बजारमा कारोबार गर्नेको संख्या २२ लाखभन्दा बढी रहेकाले पूँजी बजारमा कसैको एकाधिकार नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?