+
+

संस्थागतक्षमता स्वमूल्यांकनमा तिलोत्तमा लुम्बिनीमा उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १८:२९

६ भदौ, बुटवल । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा रुपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये उत्कृष्ट भएको छ ।

संघीय मामिला तथा प्रशासन मन्त्रालयले स्थानीय तहको कार्य प्रकृया र उपलब्धीको लेखाजोखा गरी शासकीय सुधार गर्न ल्याएको संस्थागत क्षमता स्वमूल्याङकनमा तिलोत्तमाले ९२ अंक प्राप्त गरी प्रदेशमा पहिलो र नेपालभरका ७५३ स्थानीय तहमध्ये दोस्रो भएको हो ।

आर्थिक वर्ष २०७९–८० को मूल्यांकनमा धादिङ्गको निलकण्ठ नगरपालिका पहिलो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएका छन् ।

उत्कृष्टमा छनोट भएका पालिकाका प्रमुख रामकृष्ण खांण लगायतलाई संघीय मामिला तथा प्रशासन मन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुबेदीले प्रशंसापत्र प्रदान गरेका छन् ।
जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीको सहकार्यले यसअघि सेवा प्रवाह र सामाजिक विकास विधा अन्तर्गत समावेशिता र सामाजिक क्रियाकलापमा देशभरमै उत्कृष्ट बनेकोमा यसपटक संस्थागत क्षमता स्वमूल्यांकनमा प्रदेशबाट उत्कृष्ट र नेपाल दोस्रो भएको नगरप्रमुख खाँणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?