+
+

शिक्षामा विभेद प्रजातान्त्रिक समाजवादको मान्यता विपरीत : प्रथम राष्ट्रपति यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १८:४०

६ भदौ, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शिक्षा क्षेत्रमा देखिएको वर्गीय विभेद प्रजातान्त्रिक समाजवादको मान्यता विपरीत भएको बताएका छन् ।

नेपाली कांग्रेस, केन्द्रीय पेशागत बुद्धिजीवि विभागले समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा बिहीबार आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवाद : वर्तमान र भविष्य’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले धेरै सामुदायिक विद्यालयमा दरबन्दीअनुसारका शिक्षक नहुँदा माध्यमिक शिक्षा परीक्षा (एसइई)को परिणाम कमजोर आउने गरेको बताए । धनी र गरीबले बालबालिका पढाउने शिक्षालय फरक हुने व्यवस्था समाजवादको सिद्धान्त विपरीत भएको उनको भनाइ थियो ।

‘शिक्षा विधेयक संसद्मा छ, यस्ता विषयमा प्रभावकारी कानुन बनाइनुपर्छ, संविधानले नै समाजवाद उन्मुख राज्यव्यवस्थाको कल्पना गरेकाले शिक्षा क्षेत्रमा रहेको यस्तो विभेदकारी व्यवस्था कानुनबाटै हटाइनुपर्छ’, प्रथम राष्ट्रपति डा.यादवले भने ।

कृषि प्रधान देशमा ५० प्रतिशत खाद्यान्न अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था पनि समाजवादविपरीत भएकाले यसमा सरोकार भएका निकायका अधिकारीले सोच्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?