+
+

२४ घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १९:२२

६ भदौ, तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरोका कारण अवरुद्ध सड़क बिहीबार साँझदेखि एक तर्फी सञ्चालनमा आएको छ ।

बुधबार अपरान्ह ४ बजे पहिरो खसेर अवरुद्ध भएको सडक करिब २४ घण्टापछि एक पटकमा एउटा गाडी मात्र पार गर्न सक्ने गरी खुलेको हो । पहिरो ठूलो भएकाले पूर्ण रुपमा सडक खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

प्रहरीका अनुसार ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको थियो । पृथ्वी राजमार्ग विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोलीले सडकको पहिरो हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?