+
+

रैथाने बाली उत्पादन बढाउन प्रविधि आयात गर्छौं : कृषिमन्त्री 

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १९:२८
फाइल तस्वीर

६ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने  जातको सम्बर्द्धन गर्दै उच्च उत्पादन दिने  बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताएका छन् ।

काठमाडौमा बिहीबारबाट सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनमा मन्त्री अधिकारीले  हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादन गर्न नेपाललाई  उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।

मन्त्री अधिकारीले रैथाने बाली प्रवर्द्धन गर्न सरकारी, सहकारी र  निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

खाद्य तथा पोषण सुरक्षाको  सुनिश्चितताका लागि कृषि उपज  उत्पादन र उत्पादकत्व वृद्धि नै पहिलो सर्त भएको उनले बताए ।

जलवायु परिवर्तन र खाद्य तथा कृषि प्रणालीमा आएको व्यापक परिवर्तनले हाम्रो कृषि र कृषि प्रणाली प्रभावित भइरहेको उनको भनाइ छ ।

कृषि मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद, नेपाल बिउ व्यवसायी संघ लगायतको  सहकार्यमा सम्मेलन आयोजना  भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?