+
+

रेसुङ्गामा झण्डै २ महिनापछि हवाई सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते ८:३२

७ भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट झण्डै २ महिनापछि नियमित उडान पुनः सुरु भएको छ । खराब मौसमका कारण असार दोस्रो सातादेखि उडान बन्द भएको थियो ।

मौसममा तुलनात्मक सुधार आएसँगै आजदेखि नेपाल एयरलाइन्सको विमानले उडान गरेको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । आजको बिहानको उडानमा काठमाडौंबाट हवाईजहाज चढेर १२ जना यात्रु रेसुङ्गा विमानस्थल ओर्लिएका थिए ।

अब मौसमको अवस्था हेरेर हप्ताको एक दिन शुक्रबार उडान गर्ने रेसुङ्गा विमानस्थलका प्रमुख थापाले बताए । हप्ताको ३ पटक उडानको अनुमति पाएको विमानस्थलमा गत असार १४ गतेपछि मौसम खराबको कारण उडान हुन सकेको छैन ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ ।

बर्खा लागेसँगै उडान गर्ने बिहानीको समयमा विमानस्थलमा बादल लाग्नाले समस्या हुँदै आएको विमानस्थल कार्यालयका कर्मचारीहरु बताउँछन् ।

नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजले रेसुङ्गामा उडान गर्दै आएको छ । हाल गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा तोकिएको छ ।
रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ ।
रेसुङ्गामा गत वर्षदेखि व्यावसायिक उडान शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?