+
+

अस्ट्रेलियामा दुर्गेशले भने- अब गाली खाने गीत गाउँदिनँ

राजन घिमिरे राजन घिमिरे
२०८१ भदौ ७ गते ११:५३

सिड्नी । गीत समेत गाउने मोडल दुर्गेश थापाले अब गाली खाने काम नगर्ने बताएका छन् । सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया आएका उनले थोरै गीत स्याबासी पाउने हिसाबले मात्रै निकाल्ने बताए ।

‘अब म गाली खाने काम गर्दिनँ । गाली पनि धेरै खाएँ । थोरै गीत निकाल्छु, ताली खाने र स्याबासी पाउने मात्र निकाल्छु,’ दुर्गेशले भने ।

उनले अस्ट्रेलियामा पनि आफूले गाली र आलोचना पाइने गीत नगाउने बताए । ‘कति जोशमा गाइयो होला त कति साथीभाइको लहलहैमा गाइयो । सही सुझाव र सल्लाहको अवमा पनि म धेरै बहकिएको छु,’ दुर्गेशले भन्, ‘अब मबाट नेपाली गीत-संगीतको धज्जी उडाउने काम हुँदैन । जे गर्छु राम्रो गर्छु र सोचविचार गरेर मात्र गीत गाउँछु ।’

तीजका लागि अस्ट्रेलियाका विभिन्न सहरमा हुने कार्यक्रममा दुर्गेशले प्रस्तुति दिंदैछन् । गत साता एडिलेटमा ओर्लिएका दुर्गेशले बिहीबार त्यहाँ प्रस्तुति दिएका छन् । आइतबार उनी सिड्नीको ग्र्यालभिल पार्कमा आयोजना हुने कार्यक्रममा प्रस्तुत हुँदैछन् ।

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?