+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १२:०७

काठमाडौं । शुक्रबार नेपालमा दुई नेपाली र एक विदेशीसहित तीन फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ सहित बलिउडको ‘वेदा’ प्रदर्शनमा आएको छ ।

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ महिलाप्रधान कथावस्तुमा आधारित छ । छोरीको चाहनामा छोरा जन्माउन खोज्ने समाजको पितृसत्तात्मक सोचविरुद्ध संघर्ष गर्ने महिलाको कथामा यो फिल्म बनेको छ ।

फिल्मको शीर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छन् । यो फिल्मले समाजमा छोरीको योगदान र भूमिकामालाई मर्मस्पर्शी ढंगले दर्शाएको छ । १३६ मिनेट लामो यो फिल्मलाई पीजी सर्टिफिकेट प्राप्त छ । विशेषगरी महिला दर्शकलाई यो फिल्मको कथाले छुनसक्ने देखिन्छ ।

फिल्ममा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ, भोला सापकोटा लगायत अभिनय छ ।

रमित ढुंगाना निर्देशित सोसल ड्रामा फिल्म ‘नमेटिने घाउ’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । नेपालका विभिन्न भूभाग र कालखण्डमा भएका एसिड आक्रमणका घटनाका पीडितलाई लिएर बनाइएको यो फिल्मले एसिड आक्रमणविरुद्धको सन्देश दिन्छ ।

यो फिल्ममा ३३ जनाभन्दा बढी एसिड आक्रमणका पीडितलाई अभिनय गराइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव नेपालसहित केही सांसदले यो फिल्ममा अतिथि भूमिका निर्वाह गरेका छन् । यो फिल्मको रनटाइम १६० मिनेट छ ।

जोन अब्राहम, सारवरी र अभिषेक बनर्जी अभिनित बलिउडको फिल्म ‘वेदा’ पनि प्रदर्शनमा आएको छ । निखिल आडवाणी निर्देशित यो फिल्मलाई एक्सन, ड्रामा, थ्रिलर जनरामा राखिएको छ । मुलुकको प्रणालीविरुद्ध एक महिलाले गर्ने संघर्षको कथावस्तुमा यो फिल्मको निर्माण भएको छ । ‘वेदा’को रनटाइम १५१ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?