+
+

‘हरेक पल’ले पूरा गर्‍यो २५ औं एपिसोड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १२:१६

काठमाडौं । पछिल्लो समय दर्शकमाझ लोकप्रिय भइरहेको वेब सिरिज हो हरेक पल । प्रत्येक बिहीबार साँझ ७ बजे यो चेतनामूलक श्रृंखला युट्युबमा स्ट्रिमिङ हुने गर्छ ।

यो वेब श्रृंखलाले बिहीबार साँझ प्रसारणको २५ भाग पूरा गर्दै रजत महोत्सव मनाएको छ । सामाजिक र चेतनामूलक विषयवस्तु चित्रण गर्दै आइरहेको श्रृंखलालाई राजकुमार देवकोटाले निर्माण गरेका हुन् ।

आफूले निमाण गरेको वेब श्रृंखलाले २५ औं भागसम्म आइपुग्दा दर्शकबाट अपार माया पाएकोमा खुसी व्यक्त गर्दै निर्माता देवकोटाले आगामी दिनमा समेत दर्शकबाट साथ, समर्थन र माया पाउने आशा गरेका छन् ।

निर्देशन सुरेन्द्र थापाले गरेका हुन् । श्रृंखलामा बेगम नेपाली, राजकुमार देवकोटा, सन्तोष न्यौपाने, सरु दाहाल, सुरेन्द्र थापा, आयुष्मा कार्की, विनोद परियार, बेगम पुन मंगा, सुदर्शन खतिवडा, मोहन लामा, सुमन पौडेलको अभिनय छ ।

श्रृंखलामा बालकलाकार संस्कृति नेपाली र समर्पण खतिवडाले पनि अभिनय गरेका छन् । डी एण्ड डी इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो श्रृंखलाको लेखन सुरेन्द्र थापाले गरेका हुन् ।

रवीन्द्र खड्काको सम्पादन तथा कलर ग्रेडिङ रहेको श्रृंखलाका छायांकार ज्ञानकुमार कट्टेल हुन् । सञ्जय श्रीपालको शब्द तथा संगीतमा तयार भएको गीतमा गोविन्द मधुर आचार्य तथा बीना भट्टराईको स्वर सुन्न सकिन्छ ।

निर्माता देवकोटाले हास्य टेलिश्रृंखला ‘झुयाइँकुटी झ्याइँ’ र ‘हर्के हल्दार’मा अभिनय गर्दै यात्रा थालेका थिए । त्यसपछि उनी आफैंले निर्माण गरेको श्रृंखला ‘रिसानी माफ’मा उनी हीराकाजीको भूमिका निर्वाह गरेर दर्शकमाझ स्थापित भए । अहिले उनी ‘गाह्रो छ हो’ शीर्षकको श्रृंखलामा पनि व्यस्त छन्, जसमा उनले टीकारामको भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?