+

यी ५ रोगको कारण बन्न सक्छ कब्जियत

२०८१ भदौ  ७ गते १२:३४ २०८१ भदौ ७ गते १२:३४
यी ५ रोगको कारण बन्न सक्छ कब्जियत

अस्वस्थकर खानपान, निष्क्रिय जीवनशैली र तनाव कब्जियतका प्रमुख कारण हुन् । पेटक ठीक ढंगले सफा हुन नपाउँदा कब्जियत हुन्छ । साथै दिसा गर्दा निकै कष्ट हुन्छ ।

कब्जियत पीडित सामान्य व्यक्तिको तुलनामा कम पटक शौच गर्छन् । सामान्य व्यक्तिले दिनहुँ दिसा गर्छन् तर जसलाई कब्जियत छ, उनीहरू दुई-तीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन् । यही कारण उनीहरूको पेट भारी हुन्छ, शरीर चङ्गा र छरितो महसुस हुँदैन । खानामा अरुचि हुन्छ ।

कब्जियतको कारण कतिपयलाई बान्ता हुने र टाउको दुख्ने समस्या हुन्छ । त्यति मात्र होइन, कब्जियत समयमै निको भएन भने यसले गम्भीर रोग पनि निम्त्याउन सक्छ ।

कब्जियतका कारण लाग्ने रोग

पायल्स

पायल्स हुने विभिन्न कारणमध्ये कब्जियत पनि एक हो । यो एक धेरै पीडादायी समस्या हो, यसमा मलद्वारभित्र वा बाहिर मासु पलाउँछ । त्यो मासु कहिले भित्रै रहन्छ र कहिले बाहिर निस्कन्छ ।   पायल्सका लक्षणमा पेट खाली गर्न नसक्ने, दिसा-पिसाब गर्दा दुख्ने, मलद्वार वरिपरि सुन्निने, मलद्वार वरिपरि गाँठो र बारम्बार शौच गर्न गाह्रो हुने हुन्छ ।

एनल फिसर

मलद्वारसँग सम्बन्धित रोग एनल फिसरको लक्षण पायल्ससँग मिल्दोजुल्दो हुन्छ । फिसर भएपछि मलद्वार वरपरको स–सानो तन्तु च्यातिने वा चिरिन सक्छ, जसकारण दिसा गर्ने क्रममा दुख्ने मात्र नभई त्यो दुखाइ घण्टौंसम्म पनि रहन सक्छ । साह्रो दिसा आउने, मलद्वार वरपर चिलाउने, रगत बग्ने, छालामा गाँठो आउने जस्ता समस्या एनल फिसरमा देखिन्छ । ऐनल फिसर हुनुको मुख्य कारण कब्जियत नै हो ।

आन्द्रामा अवरोध

लामो समयसम्म कब्जियतले आन्द्राको अवरोध जस्ता गम्भीर रोग निम्त्याउन सक्छ । यस्तो अवस्थामा खाना र पेय पदार्थलाई सानो वा ठूलो आन्द्राबाट जान गाह्रो हुन्छ । यो एक आपतकालीन अवस्था हो, यसलाई तत्काल उपचार गर्नुपर्ने हुन्छ । पेट फुल्नु, वाकवाक लाग्नु, बान्ता हुनु, भोक नलाग्ने र कब्जियत आन्द्राको अवरोधका प्रमुख लक्षण हुन् ।

छालामा समस्या

कब्जियतसँग सम्बन्धित विषाक्तताले छालालाई पनि क्षति पुर्‍याउँछ । यसले डन्डीफोर आउने र छाला फुट्ने समस्या हुन सक्छ । जब विषाक्त पदार्थ र फोहोरहरू हट्नुको साटो कोलन मार्फत रक्त प्रवाहमा अवशोषित हुन्छन्, तब यो समस्या हुन्छ । यी विषाक्त पदार्थ शरीरको सबैभन्दा ठूलो डिटक्सफिकेसन अंग, छालाको माध्यमबाट रक्त प्रवाहबाट बाहिर निस्कन सक्छन् । आन्द्राको ब्याक्टेरिया (गट ब्याक्टेरिया) मा हुने परिवर्तनको कारण छालमा समस्या निम्तिने हो ।

युरिनरी रिटेन्सन

पिसाबथैली पूरै खाली गर्न नसक्नुलाई युरिनरी रिटेन्सन भनिन्छ । यो अवस्थाले लामो समयसम्म समस्यामा पार्न सक्छ । यस अवस्थामा पिसाब फेर्दा पनि मूत्राशय पूर्ण रूपमा खाली हुँदैन । यो रोग धेरै गम्भीर र पीडादायी हुन्छ । यस्तो अवस्थामा यसको लक्षण (पिसाब रोकिने लक्षण) देखा परेमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।

कब्जियतबाट बच्ने उपाय

कब्जियतबाट बच्न सबैभन्दा पहिले आफ्नो जीवनशैलीमा सुधार ल्याउन जरुरी छ । यसका लागि आफ्नो खानपान, गतिविधि र सुत्ने बानीमा ध्यान दिनुपर्छ । साथै यी कुरामा पनि ध्यान दिनुपर्छ ।

प्रशोधित खाना त्याग्ने

हामी घरको ताजा र सुपाच्य खानेकुरा भन्दा बजारमा पाइने फास्टफुड वा प्याकेट बन्द खानेकुरा बढी खान्छौं । मैदाजन्य, तारेको–भुटेको, मसालेदार खानेकुरा बढी रोजाइमा पर्ने गर्छ । यस्तो खानेकुराले पाचन तन्त्रमा समस्या ल्याउँछ । यस किसिमको खानपानलाई त्याग्नु पनि कब्जियतको जोखिमबाट बच्नु हो ।

फाइबरयुक्त खानेकुरा

पेटको सफाइका लागि फाइबरयुक्त खानेकुरा अत्यावश्यक हुन्छ । फाइबरले पेटमा जमेको फोहोरलाई ठूलो आन्द्रा हुँदै बाहिर निकाल्छ । हरियो सागपात, फलफूल, तरकारी आदिमा पर्याप्त फाइबर पाइन्छ ।

पर्याप्त पानी पिउने

पाचन प्रणालीको लागि पानी आवश्यक छ । पर्याप्त मात्रामा पानीको सेवनले पेटमा जम्मा भएको खानालाई शक्तिमा परिणत सघाउ पुर्‍याउँछ । साथै यसले आन्द्रालाई नरम तथा लचिलो बनाउँछ । शरीरमा पानीको कमी भएमा कब्जियतको समस्या निम्तिने गर्छ । त्यसैले दैनिक कम्तीमा ८-१० गिलास पानी पिउनुपर्छ ।

सक्रिय जीवन व्यायाम

शारीरिक काम वा व्यायाम नगर्ने बानीले कब्जियत जस्तो समस्या निम्त्याउँछ । त्यसैले कब्जियतबाट बच्न शारीरिक रुपमा सक्रिय हुन जरुरी छ । कतिपय व्यायाम र योगासन यस्ता हुन्छ, जसले पाचनक्रियामा राम्रो प्रभाव पार्छ ।

पर्याप्त आराम

शारीरिक स्वास्थ्य र तन्दुरुस्तीका लागि पर्याप्त र गहिरो निद्रा आवश्यक हुन्छ । त्यस्तै कब्जियतबाट बच्न समयमै सुत्नु र समयमै उठ्नु आवश्यक हुन्छ ।

आयुर्वेद कब्जियत डा. अमृत भण्डारी
डा. अमृत भण्डारी
लेखक
डा. अमृत भण्डारी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर : ४९८ अध्ययन : बीएमएमसी (आईओएम) हाल काठमाडौं गोंगबुस्थित सहारा आयुर्वेद एण्ड थेरापी सेन्टर प्रालिमा निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?