+
+

कांग्रेस बैठकमा जीतजंगको प्रश्न : रवि लामिछानेलाई थुन्न किन ढिला गरेको ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १४:०९

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

पार्टी कार्यालय, सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बस्नेतले भने, ‘गृहमन्त्री, सरकार हाम्रै छ, रवि लामिछाने थुन्न किन ढिला गरेको ?’

दोहोरो पासपोर्ट र नागरिकताको मुद्दामा लामिछानेलाई पक्राउ गर्नुपर्ने उनको तर्क छ । उनले अगाडि भने, ‘सहकारी ठगी उनको थप अपराध हो, तुरुन्त थुनौं ।’

नभए प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने बस्नेतको तर्क छ । उनले अगाडि भने, ‘नेतालाई छुट दिँदा जनतालाई किन छुट नदिने ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?