+
+

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १५ यात्रु अचेत

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १२:५२

७ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जिल्लाबाट जानकारी पठाएको बताए ।

आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दी मा खसेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

बस सडकबाट मर्स्याङ्दी किनारमा कच्याकुचुक अवस्थामा देखिन्छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ ।

घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल दमौलीमा पुर्‍याइएको छ । उनीहरुको अवस्था हेरी रेफर गर्ने काम पनि जारी छ । डा भूसालका अनुसार थप उपचारका लागि काठमाडौं ल्याउनु परे हेलिकप्टरसमेत तयारी राखिएको छ ।

हाल पोखरा मुग्लिन सडक विस्तारको काम जारी छ । बेलाबेला झर्ने पहिरोका कारण सडक यात्रा कष्टकर छ ।

यसअघि असार २८ गते त्रिशूली नदीमा २ वटा यात्रुवाहक बस खस्दा भारतीयसहित ३० भन्दा बढी यात्रु बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?