+
+

एमएडब्ल्यू वृद्धिले अटो शोमा दिपल एल०७ बाहेक नयाँ ईभी पनि सार्वजनिक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १३:१०

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले नाडा अटो शोमा प्रिमियम इलेक्ट्रिक एसयूभी दिपल एस०७ बाहेक नयाँ मोडेलको ईभी पनि सार्वजनिक गर्ने तयारी गरेको छ । अटो शोमा सार्वजनिक गरिने नयाँ ईभीको नामबारे भने कम्पनीले केही खुलाएको छैन अर्थात गोप्य राखेको छ ।

‘सार्वजनिक गरिने नयाँ ईभीले ड्राइभिङ अनुभवलाई पुनः परिभाषित गर्नेछ । आफ्नो ट्यागलाइन दच द फ्युचरलाई नयाँ अर्थ दिनेछ,’ कम्पनीका व्यवस्थापकले भने, ‘अत्याधुनिक प्रविधि र नवीनतम सुविधाले भरिएको यो नयाँ ईभीले भविष्यको भावनालाई झल्काउनेछ । जहाँ ड्राइभिङ एउटा आवश्यकता मात्र होइन, एउटा पूर्ण रूपको अनुभव पनि हुनेछ ।’

यो ‘गोप्य मोडल’ लाई नाडा अटो शोको पहिलो दिन सार्वजनिक गरिने कम्पनीले जनाएको छ  ।

‘यो नयाँ ईभीले एस०७ को नवीनता र सफलतालाई पार गर्नेछ वा नयाँ स्थान सिर्जना गर्नेछ भन्ने जानकारी नाडा अटो शोको पहिलो दिन थाहा हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?