+
+

‘लाज शरणम्’बाट फिल्ममा डेब्यु गर्दै कक्रोच

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १३:१३

काठमाडौं । टेलिभिजन श्रृंखला ‘सक्किगो नि’को टिम यतिबेला कथानक फिल्म ‘लाज शरणम्’ छायांकनको तयारीमा जुटेको छ । निर्माता हप्तैपिच्छे आबद्ध कलाकारको घोषणा गरिरहेका छन् ।

कास्टिङ हेर्दा यसमा सिरियल र फिल्ममा नाम चलेका कलाकारको पल्टन नै देखिन्छ । यो सूचीमा थपिएका छन् कक्रोच नामले प्रसिद्धि सिरियल कलाकार हरिश निरौला ।

निर्मातासँग उनको लिखित सहमति भएको छ । भदौ तेस्रो सातादेखि छायांकन सुरु हुने तयारीमा रहेको फिल्ममा कक्रोचले दर्शकलाई मनोरञ्जन दिने निर्देशक कुमार कट्टेल ‘जिग्री ब्रो’ले बताए । कक्रोचले यो फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।

यसअघि सागर लम्साल ‘बले’, अर्जुन घिमिरे ‘पाँडे’, कमलमणि नेपाल ‘खुपीका बाउ’, मुकुन्द श्रेष्ठ, विजय बराल, माला लिम्बू,  रामभजन कामत, बबिन राई ‘गल्फने बाजे’, प्रियना आचार्य ‘मुन्नी’, महेश त्रिपाठी र रेनुनाथ योगी अनुबन्धित छन् ।

फिल्ममा सीताराम कट्टेल धुर्मुस पनि जोडिने चर्चा छ । यो फिल्म यतिबेला पूर्वतयारीको काममा जुटेको छ । प्रदर्शन मिति आउँदो महाशिवरात्री अर्थात् फागुन १४ गतेलाई तय गरिएको छ । फिल्मलाई जेपीटी क्रिएसनले निर्माण गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?