+
+

भेराइटीको ओस्कार प्रक्षेपण : ‘इमिलिया पेरेज’ले उत्कृष्ट फिल्मको विधा जित्न सक्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १३:२७

काठमाडौं । आगामी ओस्कार अवार्डका लागि चर्चा सुरु भएको छ । अझै कतिपय फिल्म प्रदर्शन हुन बाँकी रहेको र अर्को सातादेखि भेनिस र टेलुराइड जस्ता ठूला फिल्म फेस्टिभल सुरु हुन लाग्दा भेराइटीले ओस्कारका लागि प्रक्षेपण थालेको हो ।

हुन त, यो सूची अपडेट भइरहन्छ । शुक्रबार बिहान सार्वजनिक गरिएको नयाँ प्रक्षेपणमा भेराइटीले नेटफ्लिक्सको फिल्म ‘इमिलिया पेरेज’ले उत्कृष्ट फिल्म विधाको अवार्ड जित्ने उल्लेख छ ।

उत्कृष्ट फिल्मको विधामा नियोनको ‘एनोरा’, एप्पल ओर्जिनलको ‘ब्लिज’, सर्चलाइट पिक्चर्सको ‘अ कम्प्लिट अन्नाउन’, वार्नर ब्रोजको ‘ड्युन : पार्ट २’, प्यारामाउन्ट पिक्चर्सको ‘ग्लाडिएटर २’, वार्नर ब्रोजको ‘जोकर २’, अमेजन प्राइमको ‘निकेल ब्वाइज’, नेटफ्लिक्सको ‘पियानो लेसन’ र सोनी पिक्चर्स क्लासिकको ‘द रुम नेक्स्ट डोर’ समेटिएको छ ।

उत्कृष्ट निर्देशकको अवार्ड ‘ग्लाडियटर २’ बाट राइड्ली स्कटले जित्ने प्रक्षेपण छ । यो सूचीमा ‘जोकर’ निर्देशक टड फिलिप्स, ‘ब्लिज’बाट स्टिभन म्याक्विन लगायत छन् ।

उत्कृष्ट अभिनेता विधामा ‘ग्लाडिएटर २’ बाट डेन्जल वासिङ्टनले जित्ने अनुमान भेराइटीको छ । अभिनेताको सूचीमा ‘जोकर २’ का ज्याक्विन फिनिक्स, ‘अ कम्प्लिट अननाउन’बाट तिमोथी चालमेट, ‘सिङ सिङ’बाट कोलम्यान डोमिंगो, ‘कनक्लेभ’बाट राल्फ फिनिस पनि सूचीमा अटाएका छन् ।

अभिनेत्री विधामा सोनी पिक्चर्सको फिल्म ‘द आउरन’बाट साओर्सी रोनानले जित्ने अनुमान भेराइटीको छ । छायांकन र कस्ट्युम डिजाइन विधामा ‘ड्युन २’ ले जित्ने अनुमान छ । अन्तर्राष्ट्रिय फिचर विधामा नेटफ्लिक्स फ्रान्सेली फिल्म ‘इमिलिया पेरेज’ले जित्ने अनुमान भेराइटीको छ ।

सूचीमा ‘इमिलिया पेरेज’ १२ विधा, ‘अ कम्पिप्लट अननाउन’ ११ विधा, ‘ग्लाडिएटर २’ ९ विधा, ‘ड्युन २’ र ‘जोकर २’ समान ७ विधा र ‘ब्लिज’ ६ विधामा मनोनयन हुने अनुमान छ ।

मनोनयनमा नेटफ्लिक्सका २०, वार्नर ब्रोजका १६ र सर्चलाइट पिक्चर्सका १२ फिल्म समेटिने अनुमान छ । ९७ औं ओस्कार अवार्ड २ मार्चमा अमेरिकाको लस एन्जलसमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?