+
+

‘घुम्ती कटिसकेपछि बस मर्स्याङ्दीमा दुर्घटना भएको देखिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १३:३२

७ भदौ, पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ ।

शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । उक्त दुर्घटनास्थलमा आँबुखैरेनीबाट गाउँपालिका अध्यक्ष शुक्र चुमान अनलाइनखबरसँग भन्छन् :

आँबुखैरेनी गाउँपालिका-२ ऐना पहराभन्दा करिब सय मिटर वरबाट बस करिब १ सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको छ । बस नदीभित्रै डुब्नबाट बचेको छ तर ठूलो भौतिक क्षति भइसकेको छ ।

अहिले उद्धार कार्य भइरहेको छ । जनपथ प्रहरी, सशत्र प्रहरी, सेना र स्थानीयबाट उद्धार भइरहेको छ ।

बसमा ४१ जना भारतीय पर्यटक रहेकोमा अहिलेसम्म ३० जनाको उद्धार गरिएको छ । त्यसमध्ये आधाभन्दा धेरैको अवस्था गम्भीर छ । घाइतेको उद्धार गरेसँगै घटनास्थलमै प्राथमिक उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई भरतपुर लैजाने तयारी भइरहेको छ ।

 

घटनास्थल दुर्घटना हुने सम्भावित अफ्ठेरो सडकमा पर्दैन । घुम्ती कटेर सिधा बाटो लाग्ने ठाउँबाट बस खसेको देखिन्छ । बस सडक सुरक्षाका लागि गाडीएका क्र्यास ब्यारिएरसमेत भत्काउँदै मर्स्याङ्दीतिर खसेको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

घुम्ती कटेर सिधा बाटो लागिसक्दा तीव्र गतिका कारण बस अनियन्त्रित हुन सक्ने अनुमान गर्न सकिन्छ । अहिले उद्धारको काम भइरहेकाले पहिलो प्राथमिकता क्षति एकीन गर्नेतिरभन्दा पनि घाइतेलाई निकालेर उपचारका लागि पठाउनेतिर छ । घटनाको कारण, क्षति र अवस्थाबारे अनुसन्धानबाट खुल्दै जाला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?