+

गर्मीमा स्यानिटरी प्याडले हुने र्‍यासेसबाट कसरी छुट्कारा पाउने ?

२०८१ भदौ  ७ गते १४:१९ २०८१ भदौ ७ गते १४:१९
गर्मीमा स्यानिटरी प्याडले हुने र्‍यासेसबाट कसरी छुट्कारा पाउने ?

महिलाका लागि अनिवार्य आवश्यकता हो, स्यानिटरी प्याड । प्रत्येक महिलाले हरेक महिना स्यानिटरी प्याड प्रयोग गर्नुपर्ने हुन्छ । यो समयमा आरामदायी रहन प्राय: महिलाले स्यानिटरी प्याडको प्रयोग गर्छन् । तर यसको प्रयोगले केही असहजता पनि निम्त्याउन सक्छ ।

एउटा प्रमुख असहजता हो र्‍यासेस आउने । जसकारण हिंड्न पनि गाह्रो हुन्छ, साथै पीडा पनि हुन्छ । जसले तिघ्रा र योनीको भागमा पनि सुन्निने गर्छ ।

यो समस्या विशेषगरी गर्मी महिनामा बढी देखा पर्छ । र्‍यासेसको समस्या भएपनि महिनावारीको बेला दिनभरि प्याड प्रयोग गर्नु अनिवार्य हुन्छ । यस्तोमा केही हेरचाह गरेर र्‍यासेसलाई रोक्न सकिन्छ ।

चारदेखि आठ घण्टामा प्याड परिवर्तन गर्ने

र्‍यासेसको समस्याबाट बच्न प्रत्येक चारदेखि आठ घण्टामा प्याड परिवर्तन गर्नुपर्छ । विशेषगरी अत्यधिक रक्तस्राव भएको बेला त विशेष हेरचाह गर्नुपर्छ, प्याड भिजेपछि परिवर्तन गर्नुपर्छ । महिनावारी हुँदा देखा पर्ने रगत कीटाणुलाई संक्रमण हुन सजिलो हुन्छ । त्यसैले धेरै रगत बगेमा र प्याड तथा कपडा भिजेको अनुभव हुने बित्तिकै फेर्नुपर्छ ।

लामो समयसम्म प्याड परिवर्तन भएन भने भारी रक्तस्रावले थप ओसिलोपन निम्त्याउँछ र र्‍यासेस बढ्ने सम्भावना झन् बढ्छ । त्यसैले यो समस्याबाट बच्न समय-समयमा प्याड परिवर्तन गरिरहनुपर्छ ।

सही प्याड छनोट गर्ने

यदि महिनावारीको समयमा बारम्बार र्‍यासेस तथा चिलाउने समस्या हुन्छ भने एक पटक आफूले प्रयोग गरिरहेको प्याडलाई परिवर्तन गर्नुपर्छ । महिनावारीका बेला धेरै ब्लिडिङ हुँदा टेलरमेड प्याड र ब्लिडिङ थोरै हुँदा कटन बेस्ड प्याड प्रयोग गर्नु उपयुक्त हुन्छ । आफ्नो छालाको प्रकार र रगतको प्रवाहलाई ध्यानमा राखेर प्याड छान्नुपर्छ । नरम, राम्रो गुणस्तरको र छिट्टै रगत सोस्ने प्याड छान्नुपर्छ । राम्रो गुणस्तरको सामाग्री प्रयोग भएको प्याड प्रयोग गरियो भने र्‍यासेस हुने सम्भावना कम हुन्छ । यस्ता प्याडले रगतलाई राम्ररी सोस्छ र यस्ता समस्याबाट बचाउँछ ।

सरसफाइमा विशेष ध्यान दिने

महिनावारीको समयमा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । मनतातो पानीले नियमित रूपमा आफ्नो योनीलाई सफा गर्ने । हात धोएर सफा हातले मात्र प्याड फेर्ने । यो ठाउँमा कुनै पनि प्रकारको कस्मेटिक साबुन वा क्रिम प्रयोग गर्नु हुँदैन । यसले गोप्य अंगलाई हानि पुर्‍याउन सक्छ ।

सही अन्डरवेयर छनोट गर्ने

महिनावारीको समयमा सुती अन्डरवेयरको प्रयोग गर्नुपर्छ । यस्तो अन्डरवेयरको प्रयोगले हावा राम्ररी पास हुन्छ र पसिना आउँदैन । जसले गर्दा र्‍यासेसको जोखिम पनि कम हुन्छ ।

एन्टिफङ्गल, एन्टिब्याक्टेरियल पाउडर प्रयोग गर्ने

योनी क्षेत्रलाई चिसो र ओसिलो हुनबाट जोगाउनुपर्छ । जसले गर्दा यो क्षेत्र ब्याक्टेरिया र र्‍यासेसबाट सुरक्षित रहन्छ ।  योनी क्षेत्रलाई मनतातो पानीले धुने,  सफा टिस्यु पेपरले सुकाउने र एन्टिफंगल, एन्टिब्याक्टेरियल पाउडर प्रयोग गर्नुपर्छ । जसले र्‍यासेसको जोखिमबाट बचाउँछ ।

डा. सचिनकुमार यादव र्‍यासेस स्यानिटरी प्याड
डा. सचिनकुमार यादव
लेखक
डा. सचिनकुमार यादव
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. यादव हाल प्रादेशिक अस्पताल मलंगवामा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १०२८८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

घुँडा दुखाइको उपचार के छ ?

घुँडा दुखाइको उपचार के छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?  

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?