+

पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०८१ भदौ  ७ गते १६:४६ २०८१ भदौ ७ गते १६:४६
पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

७ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च ( एनएसजेएफ)ले पल्सर स्पोर्ट्स अन्तर्गत पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।

मञ्चले शुक्रबार पत्रकार सम्मेलन गर्दै पिपुल्स च्वाईस विधाको ५ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मनोनयनमा क्रिकेटका गुल्सन झा, फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीका मनमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठ छन् ।

२१ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड यही भदौ २८ गते प्रज्ञा भवन कमलादीमा आयोजना हुँदैछ ।पिपुल्स च्वाईसको विजेता भोटिङका आधारमा छानिनेछ ।

ई-सेवाबाट खेलाडीलाई भोटिङ गर्न सकिनेछ । जसमा ई-सेवाको मतभार ५० प्रतिशत हुनेछ ।

यस्तै सामाजिक सञ्जाल फेसुबुक मतभार २५ प्रतिशत तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य मदतभार १२.५ र नेपाफ ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत हुनेछ ।

पिपल्स च्वाईसको मनोनयनको डिजिटल भोटिङ पार्टनरको रुपमा इसेवासँग शुक्रबारै सम्झौता गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र ईसेवाका प्रमुख बजार व्यवस्थापक आशिष गौतमले हस्ताक्षर गरे ।

स्पोर्टस अवार्डमा १० विधामा अवार्ड प्रदान गरिनेछ । जसमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षकको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ । टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन । यससँगै सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा गरिनेछ ।

 

मनोनयनमा रहेका खेलाडीको सफलता
गुलशन झा (क्रिकेट)
– राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य । देव्रेहाते ब्याटर एवं दाहिने हाते बलर
– नेपाललाई पहिलो पटक एसिया कप क्रिकेटमा पु¥याउँदा यूएईविरुद्ध प्रिमियर कपको फाइनलमा अविजित ६७ रन बनाउनुका साथै १ विकेट लिन सफल
– आईसीसी एसिया ट्वान्टी–२) विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालबाट सर्वाधिक रन बनाउनेक्रममा २५ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५४ रन बनाउन सफल ।
– १६ वर्षको कलिलो उमेरमै सिनियर राष्ट्रिय टोलीबाट डेब्यू ।
– सर्लाही मलंगवामा जन्मिएका गुलशन नेपाल पुलिस क्लबसँग आवद्ध ।
– ३२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको ।
– दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा खेल्दाका महत्वपूर्ण सदस्य ।

कविता भट्ट (भलिबल)
– राष्ट्रिय महिला भलिबल टोलीकी नियमित सदस्य
– काभा महिला नेसन्स लिग २०२४, उपविजेता, काभा महिला भलिबल च्यालेन्ज कप २०२३, तेस्रो
– १९ औं एसियाली खेलकुदमा सहभागी
– डडेलधुरामा जन्मेकी कविता नेपाल एपीएफ क्लबस“ग आवद्ध
– एपीएफलाई १६ औं ढोरपाटन डबल लिग भलिबल, २०८० विजेता बनाउन महत्वपूर्ण भूमिका
– चौथो टाइगर कप २०८० विजेता (एपीएफ)
– आठौं आरबीबी–एनभीए कप २०८० उपविजेता (एपीएफ), वेस्ट ब्लकर
– सातौं केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता (एपीएफ) वेस्ट सर्भर

मानमति विष्ट (कबड्डी)
– १९औं एसियाली खेलकुदको कांस्य पदक विजेता (रेड र डिफेन्स दुवैमा उत्कृष्ट खेलाडी )
– १३ औं सागमा कबड्डीबाट रजत पदक ।
– १२ औं सागमा एथलेटिक्समा सहभागी ।
– एथलेटिक्सकी पूर्व खेलाडी । छैटौं राष्ट्रिय खेलकुदमा ४०० हर्डल्समा स्वर्ण र ८०० मिटर दौडमामा स्वर्ण, ४ गुणा १०० मिटर रिले र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण ।
– भीमदत्त नगरपालिका–३ कञ्चनपुरमा जन्मेकी मानमति नेपाल पुलिस क्लबसँग आबद्ध
– काठमाडौंमा भएको महिला तथा पुरुष कबड्डी सुपर लिगमा पुलिस क्लब टिम प्रथम । मानमति बेस्ट प्लेयर ।
– राष्ट्रिय महिला कबड्डी प्रतियोगिता राजविराजमा उनको टिम पुलिस च्याम्पियन । मानमति बेस्ट प्लेयर
– एथलेटिक्सकी पूर्व खेलाडी । छैटौं राष्ट्रिय खेलकुदमा ४०० हर्डल्समा स्वर्ण र ८०० मिटर दौडमामा स्वर्ण, ४ गुणा १०० मिटर रिले र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण ।

प्रीति राई (फुटबल)
– महिला राष्ट्रिय फुटबल टोलीकी महत्वपूर्ण सदस्य । १६ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी खेलाडी ।
– मिडफिल्डमा छिटो छरितो खेल ।
– साउदी अरेबियामा भएको आठौं वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता, प्रीतिको उत्कृष्ट प्रदर्शन ।
– लेवनानविरुद्धको सेमिफाइनलमा निर्णायक गोल ।
– एएफसी वुमन्स च्याम्पियनसिप, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा गोल गर्न सफल खेलाडी
– राष्ट्रिय महिला लिगमा सात गोल गर्न सफल
– यु–१५, यु–१८, यु–२० मा नेपाली टोलीकी कप्तान ।
– सोलुखुम्बुमा जन्मेकी प्रीति एपीएफ क्लबबाट घरेलु फुटबल

श्रीराम श्रेष्ठ (रग्बी)
– नेपालमा आधुनिक रग्बी खेल सुरु गर्दाका खेलाडी,
– काभ्रेको बनेपा नालामा जन्मेका श्रीराम राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशलाई च्याम्पियन बनाउँदाका कप्तान
– १९ औं हाङझाउ एसियाली खेलकुद खेल्दाका टिमका मुख्य खेलाडी,
– भारतको चेन्नईमा सन् २०१५ मा भएको ओलम्पिक छनोटमा सहभागी,
– २०१६ मा चेन्नईमा भएको एसियन रग्बी सेभेन्स, २०१७ मा कतारमा भएको एसियन रग्बी सेभेन्स र २०१८ मा सिंगापुरमा भएको एसियन रग्बी सेभेन्सका प्रतिस्पर्धी
– २०२१ मा नेपालले खेलेको पहिलो आधिकारिक रग्बी फिप्टिन्स प्रतियोगिता बंगबन्धु सिरिजका खेलाडी ।
–सन् २०२२ मा भारतमा भएको वल्र्ड रग्वी फिप्टिन्स डिभिजन ३ का कप्तान । नेपालको डिभिजन ३ मा पहिलो पटक प्रवेश गरेको खेल ।

पल्सर स्पोर्ट्स अवार्ड पिपुल्स च्वाइस अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय