+
+

मुग्लिन–नारायणगढ खण्डमा भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १५:२८

७ भदौ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

यता, चितवन प्रहरीका अनुसार बस दर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन् ।

घाइते हुनेहरूमा बारा निजगढ-८का २६ वर्षीया सबिना थापा, रौतहट चपुर-८ का ४६ वर्षीय जनक नारायण चौधरी र उनका छोरा १८ वर्षीय इनद्रजित चौधरी,  रौतहट गौर-२ का १७ वर्षीया सन्ध्या साह,  चितवन भरतपुर महानगर-२९ बस्‍ने २७ वर्षीया पूजा न्यौपाने,  भरतपुर-२९ कै ४८ वर्षीया मनरूपा न्यौपाने र कास्कीको पोखरा महानगर-१७ का ४० वर्षीया सावित्री थापा मगर रहेका छन् । उनीहरूको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै रौतहट कटहरिया-१ का २५ वर्षीय सिनोज दास, रौतहट मंगलपुर-८ का  २० वर्षीय लालबाबु दास, रौतहटकै वृन्दावन-६का २२ वर्षीय विक्रम दास, बसका सहचालक बारा निजगढ-५ का ४३ वर्षीय अर्जुन चौलागाइ, रौतहट गरूडा-४का २० वर्षीय पवन साह र गरूडा-७ बस्‍ने १५ वर्षीय अनोस साह, बाराको जितपुर सिमरा-१ का २४ वर्षीया उन्नती उपाध्‍याय र उनका श्रीमान अनदीप धिमाल रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी रौतहटको गढीमाई-६का ४८ वर्षीय शैलेन्द्र यादव, शैलेन्द्र यादवकी १८ वर्षीय छोरी अर्चना यादव,   रौतहटको वृन्दावन- ६ बस्‍ने २२ वर्षीय दिनानाथ दास, रौतहटको परोहा-७ बस्‍ने ३४ वर्षीय  मो.खैयाज, , रौतहटको  वृन्दावन-६ बस्‍ने १७ वर्षीय नौराज कुमार साह, रौतहटको गौर-५ बस्‍ने ५० वर्षीय नबिन कुमार केसरी, रौतहटको वृन्दावन-६ बस्‍ने १८ वर्षिय अजय कुमार दास,  रौतहटको गौर-९का २१ वर्षीया ढली ठाकुर र उनकी बहिना २० वर्षीया दिव्या ठाकुर सामान्उ घाइते भएकी छिन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ। ढुंगा लागेर बसमा क्षति पुगेको छ। पल्टिएको बस अहिले पनि घटनास्थलमै छ । सडक भने सुचारू गराइएको छ ।

यसअघि गत असार २८ गते सोही सडकखण्डमा बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थियो । सोही दिन सिमलतालमा पहिरोले २ बस बगाउँदा ६२ यात्रुको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?