+
+

मानापाथी हिमालमा हिमपहिरो, थासाङमा बोक्सीखोला थुनियो (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १५:५९

७ भदौ, काठमाडौं । धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका-२ मा बोक्सीखोला थुनिएको छ ।

गाउँपालिकाका प्रवक्ता गौतम शेरचनका अनुसार मानापाथी हिमालमा गएको हिमपहिरो मूलखर्क हुँदै छिप्लुङसम्म आइपुगेको छ । ‘यो हिउँदमा चौरी र वर्षामा गाई चरन हो’ उनले भने, ‘मानवीय क्षति त छैन, गाईहरुलाई केही भयो कि भन्ने छ ।’

हिमपहिरोले बोक्सीखोला पनि थुनिएको छ । यो खोला तल गएर कालीगण्डकी नदीमा मिसिन्छ ।

‘सम्पूर्ण खोला थुनिएको हो, करिब ८० प्रतिशत जस्तो थुपिएको छ’ उनले भने, ‘एकै पटक आयो भने तल बेली ब्रिजनिर रहेको १०-१२ घरमा क्षति पुग्नसक्छ । हामीले सतर्क गराएका छौं ।’

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको छ । उनले अनलाइनखबरसँग भने, ‘विस्तारै खोला बग्न थालेको छ । ठूलो मानवीय क्षति नहोला । तर सतर्क रहनुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?