+
+

‘नरसिंहा अवतार’मा राज कटुवाल पनि, भदौ अन्तिमदेखि छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १६:४६

काठमाडौं । राजेश हमालले पुनरागमन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’ कास्टिङलाई लिएर रोचक बनिरहेको छ । यो फिल्ममा हमाल र सरोज खनालले तीन दशकपछि सहकार्य गर्दैछन् ।

दुई पुस्ताका कलाकारको बाक्लो उपस्थिति रहने देखिएको यो फिल्ममा यसअघि हमाल र खनालसहित नीति शाह, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित छन् ।

यो सूचीमा थपिएका छन् अभिनेता राज कटुवाल । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मलाई एक्सन र सोसल ड्रामा बताइएको छ, जसलाई दिवाकर भट्टराईले निर्देशन गर्दैछन् ।

फिल्म साइन गरेपछि अनलाइनखबरसँग कुरा गर्दै कटुवालले फिल्मको नायक भूमिकामा आफू जोडिएको बताए । ‘निर्देशकले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ । यो विश्वास पूरा गर्न लाग्नेछु,’ उनले भने ।

यो फिल्मबाट हमालले पाँच वर्षपछि कमब्याक गर्दैछन् । यो फिल्म भदौको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा छ । लगानी तीन करोड रुपैयाँ भन्दा माथि हुने बताइएको छ । भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ । उनका अनुसार यो फिल्मको केही दिनमै प्रदर्शन मिति तय गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?