+
+

साउनमा ६० हजार नेपाली कामको खोजीमा विदेशिए, मलेसिया जाने घटे

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १७:०७

७ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ६० हजार नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो अघिल्लो आर्थिक वर्षमो तुलनामा केही बढी हो । अघिल्लो आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए ।

साउनमा २५ हजार पाँच सयले संस्थागत रूपमा र १० हजार ७ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । त्यस्तै जीटूजी मार्फत ६६८ जना गएका छन् ।

साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने श्रमिक दुवैको संख्या हो ।

मलेसिया जाने घटे

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या भने घटेको छ । साउनमा मलेसियामा १ हजार ३४४ जना गएका छन् । यो कोभिड-१९ पछि अहिलेसम्मै ठूलो गिरावट हो । अघिल्लो आर्थिक वर्षको साउनमामात्र ९ हजार २३८ जना श्रमिक रोजगारीको खोजीमा मलेसिया गएका थिए । गत मार्चमा मलेसियाले आप्रवासी श्रमिक लैजान कटौती पछि यो संख्यामा कमी आएको हो ।

विभागका निर्देशक गुरुदत्त सुवेदीका अनुसार साउनमा सबैभन्दा धेरै यूएई गएका छन् । साउनमामात्रै यूएईमा १७ हजार ५४१ गएका छन् । दोस्रोमा साउदी अरेबियामा ११ हजार ८०९, तेस्रोमा कतार ११ हजार ७८५ गएका छन् ।

त्यस्तै कुवेतमा ४ हजार ६९५ रोजगारीको खोजीमा गएका छन् भने जापानमा १ हजार ४७२ र दक्षिण कोरियामा ८१२ जना गएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिने दुवै हो ।

युरोपा जाने बढे

साउनमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ ।

विभागका अनुसार रोमनीयमा सबैभन्दा धेरै नेपाली रोजगारीका लागि गएका छन् ।

साउनमा रोमनियामा २ हजार २९८ जना वैदेशिक रोजगारीमा गएका छन् । क्रोएसियामा १ हजार १३८ जना, साइप्रस ७ सय, माल्टा २३९, पोर्चुगलमा १५६, पोल्यान्डमा ५० जना गएको विभागको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?